एका बिहानै बागलुङबाट आयो यस्तो दु:खद खबर ! प्रहरी जवानको दादागिरी ,कुटपिट गर्दै फुटाए पिसाब नलि,चर्कियो तनाव

  • प्रकाशित मिति: बिहिबार, माघ ३ २०७५
  • तामाकोशी

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन ्। घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ ।

पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उहाँको उपचार भइरहेको बस्नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिनुसभयो । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उहाँको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।



स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

गत सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि कुटपिटमा परिणत भएको थियो । बस्नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन् । प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ । गैरेलाई भने केही नगरेको बताइएको छ ।

जनताको सुरक्षामा खटिएका प्रहरीबाटै निर्घात कुटपिटको घटना गम्भीर विषय भएकाले घटनामा सम्लग्नलाई तत्काल कारबाही गर्नुपर्ने घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले बताउनुभयो ।

‘जो रक्षक उही भक्षक भने जस्तो भयो, हो उहाँहरूले मदिरा पिएकाले केही गल्ती कमजोरी भएको होला,’ उहाले भन्नुभयो, ‘त्यसको समाधान र सजाय पिटेर होइन, सम्झाइबुझाइ गरेर पठाउने या नियम अनुसार चौकीमा लैजान सकिन्थ्यो ।’

कुटपिटमा संलग्न आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरीक्षक केशवसिहं थापाले जनाकारी दिनुभयो ।
दैनिक खबरबाट,