‘पछिल्लो समय रत्नपार्क, गौशाला, सुन्धारामा खुलेआम यौन कारोबारको मोलमोलाई हुन्छ । यसरी भइरहेको शरीरको मोलमोलाईका बारेमा सरोकारवालाहरु खासै चिन्तित देखिदैनन् । देश कै राजधानीमा यसरी यौनधन्दा, बाटोबाटोमा ग्राहक खोज्दै महिलाहरु देख्दा सबैलाई अनौठो नै लाग्छ । बसपार्क भनेपछि देश भरका हजारौं मान्छे आवत–जावत गर्ने ठाउँ भनेर चिनिन्छ ।
तर यो ठाउँ यतिले मात्र परिचित छैन यसको अर्को परिचय हो यौन धन्दा गर्ने स्थान । त्यो धन्दाको पर्दाफास् गर्ने उद्देश्यले हामी त्यहाँ पुग्यौं, महिला यौन कर्मीहरुले ग्राहाक तान्ने गतिलो केन्द्र बनेको रहेछ नयाँ बसपार्कको आकाशे पुल ।
२०–२२ देखि ३५ बर्ष उमेर समूहका युवतीहरु आकाशे पुलमा ग्राहाकको पर्खाइमा मुखमा माक्स् लगाई त्यहाँ बसेका हुन्छन् । आकाशे पुल, बिष्णुमतिको पुल र बुध्ध मलको वर–पर दिउँसो ३ बजेबाट उनीहरु ग्राहाक खोज्न जम्मा हुने गर्दछन् ।
सबै जानकारिका लागी भिडियो हेर्नुहोस्……