भारतमा नेपालि युवतीको मुल्या ६ लाख , यसरी हुन्छ भारतीय वेश्यालयमा नेपालीहरुको यौन धन्दा ? एक जना पक्राउ भए लगतै भयो यसरि पर्दाफास

  • प्रकाशित मिति: बुधबार, माघ २ २०७५
  • तामाकोशी

काठमाडौँ । भारतीय बजारमा नेपाली युवत्तिको विक्रि हुने गरेको यो कुनैं नयाँ कुरा होईन । लामो समयदेखि भारतमा नेपाली युवत्तिहरु अनेकौं प्रलोभनमा परेर बेचिने गरेका छन । भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको हो । अभियुक्त राईले विभिन्न क्षेत्रका टिन एजका युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै वेश्यालयमा लगेर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।