नेपालको दयनीय अवस्था र बेरोजगारीको चपेटामा परेर जीवन पनि धान्न गाह्रो भएका कारण लाखौ नेपाली दाजुभाई विदेश पलायन भएका हुन्छन.कसैले राम्रो प्रगती गरेर परिवारलाइ राम्रो जीवन दिएका हुन्छन तर सबैको त्यस्तो भाग्य हुँदैन.विदेशको जीवन सबैलाई फाप्दैन भनेको कुराहरु उदाहरणको रुपमा धेरै सुनिएका पनि छन्.कसैले राम्रो जागिर नपाएर खाली हात फर्केको ब्यथा र विदेशमा गइ त्यहाको दुख खप्न नसकेर फर्किएका हजारौ नेपालीहरु छन्. विदेशमा गइ बाटो बिराएर जिन्दगी बिगार्ने मध्य एक दृश्य यस भिडियोमा देख्न सकिन्छ.सामाजिक संजालमा पोस्ट गरीए अनुसार यो घटना मलेसियामा घटेको हो.सायद संगै बस्ने र संगै काम गर्ने यी नेपालीहरुलाई कुनै कुरामा चित्त नबुझेको हुनसक्छ र यसै कुरामा झगडा भएर चक्कु हानाहान भएको देख्न सकिन्छ.चक्कु प्रहार गर्दा घाटी काटेको र कोठा नै रगताम्य भएको अवस्था तल भिडियोमा हेर्नुहोस:
https://m.youtube.com/watch?v=HgE5EJyqeQA
मलेसियामा दुई नेपाली बिच चक्कु हानाहान ! झन्डै घाँटी नै छिनालिएको यो दृश्य हेर्नुहोस (भिडियो)
- प्रकाशित मिति: बुधबार, माघ २ २०७५
- तामाकोशी