०४८ देखी सत्ताको स्वाद चाखी रहेका मान्छेहरुलाई जनताले सत्ताच्युत गरेका कारण अत्तालिए
–नवराज केसी, अध्यक्ष चम्पादेबी गाउँपालिका , ओखलढुंगा
मनोज भट्टराई, ओखलढुंगा
परिचयः
चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकाम देखि दुरीको हिसावमा नजिक देखिए पनि करिव १६ कोष टाढा उत्तर पस्चिममा अवस्थित पहाडि धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो । समुन्द्री सतह देखी १ हजार मीटर देखि २ हजार ८ सय मीटरकोे उचाइमा रहेको यो गाउँपालिकाको पूर्वमा ओखलढुँगा जिल्ला कैसुनकोशी मोलुङ गाउँपालिका र पश्चिममा लिखुगाउँपालिका, सिन्धलीको गाउँपालिका र रामेछाप जिल्लाको रामेछाप नगरपालिका पर्दछ भने उत्तरमा लिखुगाउँपालिका, खिजीदेम्वा गाउँपालिका र मोलुङ गाउँपालिका दक्षिण तर्फ सिन्धुली जिल्ला पर्दछ ।
१२६.९१ वर्ग किमि क्षेत्रफलमा रहेको यस गाउपालिकामा २०६८ सालको जनगणना अनुसार १८६९१ जनसंख्या रहेका छन भने ३११८ घरपरिवार रहेका । १० वटा वडा रहेको यो गाउँपालिका साविकका पलापु, कालीका , फेदीगुठ, फूलबारी, बिलन्दू, रानीवन गाविस मिलेर वनेको गाउँपालिका हो ।
दलित,जनजाति र अन्य विभिन्न जातिको साझा थलो रहेको यो गाउँपालिका सबै जाति सबै धर्म सबै भाषा सबै सँस्कृति र सस्कारको एउटा साझा थलोको रुपमा रहेको छ । वेसीका फाँट देखि उच्च भूभाग लेक सम्मको यो भूभाग जैविक विविधतायुक्त छ । ओखलढुँगा जिल्लाकै पर्यटकीय स्थल चम्पादेवी,उच्च स्थल मालिङ्गेडाडा र घना जँगल भएको गौरीवन यसै गाउँपालिकामा पर्दछन भने लिखू नदी यसै गाउँपालिकामा रामेछाप जिल्लालाई सीमाना वनाएर वगेको छ । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले रमणिय छ ।
आदिवासि जनजाति तथा विभिन्न जातिहरुको परम्परागत सास्कृतिक रितिरिवाज धर्म सँस्कृति र प्राकृतिक सौन्दर्यता वोकेको भएपनि यो गाउँपालिका विकास निर्माणका दृष्टिकोणले केही वर्ष यता मात्र अगाडि बढ्दै गरेको देखिन्छ ।
सडक यातायातको वर्ष भरि पहुँच नपुग्नु,व्यवसायिक कृषि प्रणाली हुन नसक्नु,जडिबुटीको पहिचान हुन नसक्नु तथा पर्यटकीय क्षेत्रमा विकास हुन नसक्नु यहाँको प्रमुख चुनौति रहेको छ भने तत् तत् क्षेत्रको विकास गर्नु यस गाउपालिकाको अवसर रहि आएको छ ।
जिल्लाको यही गाउँपालीका अध्यक्ष नवराज केसी आफ्नो कार्यकलमा गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने लक्षका साथ लागी परिरहेका छन् । बुबा रण बहादुर केसी र आमा गायत्रीदेवी केसीका तेस्रो सन्तानका रुपमा मिति २०२६ साल श्रावण १० गते जन्मेका उनी बिद्यार्थी समय देखी नै नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघमा आबद्ध रहि राजनितीमा होमीएका उनी नेपाली काँग्रेसको तर्फबाट ०७४ को स्थानीय तह निर्वाचनमा चम्पादेवी गाउँपालिकामा बिजयी भएका थिए ।
आफ्नै घर छेउमा रहेकोे बिद्यालयबाट प्रारम्भीक शिक्षा लिएका उनले ज्ञान प्रकाश मा वि घोराखोरीबाट एस एल सि परीक्षा पछि पशुपति क्याम्पस चावहिलबाट स्नातक गरेका हुन् । २०४६ साल अघि देखि निरन्तर नेपाली काँग्रेसको सक्रीय राजनितीमा सम्लग्न रहेका केसी अहिले नेपाली काँग्रेस ओखलढुंगाका जिल्ला सचिव समेत हुन् । पछिल्लो समय गाउँपालिकामा सत्ता पक्ष र प्रतिपक्ष बिच भएको आन्तरीक कलहले जिल्लामा ठुलो रुप लिई रहेको बेला गाउँपालिकाको कार्यालयमा पुगि गाउँपालिका अध्यक्ष केसी संग गरिएको कुरा कानी ।
· तपाईले चुनावका समयमा जनता संग गरीएका प्रतिबद्धता कति पुरा गर्नु भयो ?
मैले चुनावका वेला मतदातासंग धेरै प्रतिबद्धता गरेको थिए तर जनतालाई अति आवस्यक ३ प्रतिबद्धता चाँही पुरा गर्नको लागी रहेको छु । यहाँको सबैभन्दा समस्या भनेको सडक, खानेपानी र बिद्युत हो सडक हरेक वडाको टोलटोलमा पुग्न लागी सकेको छ । वडा नं. १० मा केन्द्रिय बिद्युत प्रसाण लाईन पुगी सकेको छ भने अन्य वडामा स्थानीय स्तरमा निर्माण गरीएका माईक्रोहाईड्रोबाट बिद्युत आपुर्ती गरीएको छ । चम्पादेबीमा धेरै समस्या रहेको खानेपानी हो खानेपानीका लागी पहल गरीरहेको छु । गाउँपालिकाको दशहजार बढी जनसंख्या रहेको पलापुमा डिपबोरीङ र पंपिङ प्रणलीबाट सुनकोशीको पानी दैनिक दुईलाख लिटर गाउँमा ल्याउने योजना बनी रहेको र ०७६ साल भित्र पलापुका सबै घरघरमा खाने पानी ल्याई पुर्याउने लक्षका साथ लागीएको छ भने कालीकामा पनि सोही प्रणलीबाट लिखु नदीको पानी ल्याउन तल्लीनन रहेका छौं । आफ्नो गाउँपालीकामा सबै भन्दा समस्या रहेको खानेपानीका लागि यो वर्ष पनि एक करोड माथी बजेट बिनीयोजन गरीएका कारण कालीकाको पोखरे, रानीवन, फुलबारी घोराखोरी, पलापुका धेरै स्थानमा खानेपानी पुग्ने छ ।
· आउँदा दिनमा गाउँपालिका मार्फत जनताका लागी के गर्ने योजना बनाई रहनु भएको छ ?
गाउँपालीकामा सबैवडाको सबै टोलटोलमा मोटरबाटो पुगे पछि गाउँपालिकामा रिङरोड, चम्पादेबी बृहत खानेपानी योजना मार्फत घरघरमा खानेपानी धारा, उज्याले चम्पादेबीको सपना बोकेर हिंडेको छु संभवत यो योजना आफ्नै कार्यकालमा सकाउने लक्षका साथ लागीपरेका छु ।
· यो डेढ वर्षको अवधिमा गाउँपालिकामा शैक्षिक गुणस्तर बढाउनका लागी के के गर्नुभयो ?
आफुले जितेर आए पछि हामीले शिक्षामा जिल्लामै राम्रोकाम गरेको अनुभुती गरेका छौं । आफ्नै पाठ्यपुस्तक तयार गरी लागु गरीएको छ, बिद्यार्थी नभएका स्थानका बिद्यालय गाभीएको छ, शिक्षक नभएका ठाउँमा शिक्षक भर्ना गरउिको छ, गाउँपालीकामा आफ्नै पाठ्यपुस्तक लागु गर्ने जिल्ला मै पहिलो गउँपालीका चम्पादेबी भएको दावी गर्छु ,गाउँपालिका भरी रहेका बिद्यालयमा बिद्यार्थीमा एकरुपता ल्य ाउनका लागी एउटै पोशाक अनिवार्य गरएिको छ लाग्छ शैक्षिक गुणस्तर बढाउनका लागी चम्पादेवी जिल्ला मै पहिलो गाउँपालीका भएको छ ।
· जिल्लामा अन्य स्थानीय तहहरु भन्दा चम्पादेवी गाउँपालिका बढी चर्चामा छनी यसको मुख्य कारण के हो जस्तो लाग्छ ?
राम्रो कामको जहिले पनि चर्चा हुने नै हो । तर यहाँ बिपक्षी राजनितीकदलका साथीहरुले राम्रो कामको पनि गलत चर्चा गरेर गाउँपालिकाको नै बदनामी गर्न लागी रहनु भएको छ । शिक्षामा हामीले राम्रो काम गरेकाछौं, संभव नभएका विकासका कामहरु गरेका छौं, गाउँपालिकाको आफ्नै ऐन बनाएर कर्मचारी भर्ना गरेका छौं, राम्रोकामको जिल्लामा रहेका सबै पत्रकार मित्रहरुले पनि चर्चा गरी रहनु भए कै छ, स्थानीय संचार माध्ययमले हाम्रो कामको मुल्याङ्कन गरेका छन । जेहोस राम्रोकामको जहाँ पनि चर्चा हुने नै गर्छ । तर ०४८ देखी सत्ताको स्वाद चाखी रहेका मान्छेहरुलाई यो पटक जनताले सत्ताच्युत गरेका कारण उहाँहरु अँत्तालिएर यो हर्कत गर्नु भएको हो उहाँहरुले बिलकुलै राजनितिक संस्कार बिर्सेर यो हौवा फीजाई रहनु भएको छ ।
· बिपक्षी दलले संधै बदनाम नै चाहन्छ र ?
हो चाँहदैन तर हाम्रोमा यही भएको छ । हरेक कामको बिरोध गरीन्छ, हल्ला गरीन्छ आफुले गरेको गल्ती केही देखीन्न तर अरुले गरेको कामको संधै बदनामी नै गरीरहनु हुन्छ उहाँहरु ।
· जिल्लामा अन्य स्थानीय तहमा सत्ता पक्षर बिपक्ष दलहरु मिलेरै काम गरेको देखिन्छ तर चम्पादेवी गाउँपालीकाको बिवाद र अनियमतिताको विषयमा सामान्य बिवाद देखी अदालत र अख्तिीयार दुरुपायोग अनुसन्भान आयोग सम्म पुग्यो नी ?
हो साथीहरुले यहाँ सामान्य बिवाद गर्नु भएकै हो सत्तापक्ष र बिपक्ष बिच सामान्य टकराव तथा बिवाद भएन भने सत्तापक्षले एकलौटी काम गर्छ भन्ने मान्यता हो मेरो । तर साथीहरुले नचाहीँदा कुराहरुमा अलि बढी किचलो गरीरहनु भएको छ । अनियमतताको विषयलाई लिएर चार महिना अघि अख्तियारमा मुद्धा हाल्नु भयो हामीले पनि लिखीत जवाफ पठाई सकेका छौं । पछिल्लो समय फेरी कर्मचारी भर्नाको प्रकृया गलत भयो भन्दै उच्च अदालत बिराटनगर अस्थायि ईजालस ओखलढुंगामा मुद्धा दर्ता गर्नु भएको छ तर स्थानीय सरकार संचालन ऐन ०७४ अनुसार स्थानीय तहको कानुन बमोजीम हामीले कर्मचारी नियुक्ति गरेका कारण उहाँहरु यो बिषयमा पनि एक कदम पछि पर्नु हुन्छ । वडा कार्यालयले बिभिन्न योजना फरफराक गरी सकेपछि वडा अध्यक्षको हस्ताक्षर चोरी भयो भनेर हल्ला गर्नु हुन्छ यहाँ अनौठो छ चलन ।
· र्काचारी नियुक्तीगर्दा आफ्ना कार्यकर्तालाई मात्रै अवसर दिईएको भन्ने आरोप छनी ?
बिल्कुलै निराधार आरोप हो किनकी २० जना शिक्षक नियुक्त गर्दा १५ जना नेकपा समर्थीत मान्छे नियुक्ती गरीएको छ, ५ जना प्रबिधिक नियुक्ति गर्दा ३ जना उहाँहरु कै मान्छे आएका छन अनि कसरी आफ्ना कार्यकर्ता भर्ना गरीएको भन्ने ।
· आफ्नो गाउँपालीकामा त बिवाद देखीएकै छ संघिय सरकार र पदेश सरकारबाट सहयोग पाउनु भएको छ की छैन ?
बास्तवमा यो गाउँपालीकामा फरक राजनितीक दलले स्थानीय निर्वाचन जितेका कारण सघिय सरकार र प्रदेशसरकारबाट यहाँका योजना माथी हस्तक्षेप भएको छ । प्रदेश सरकारमा हामीले पठाएका योजना भन्दा फरक योजनालाई प्राथममिकता दिएको पुष्टि भई सकेको छ । गाउँपालिकाबाट बिभिन्न तिन योजना सिफारीस गरी पठाएको भए पनि प्रदेश सरकारको ठाडो हस्तक्षपमा अन्य योजनाहरुमा वजेट बिनियोजन भएको छ यो फरक राज नितिक दलको स्थानिय सरकार भएकै कारण हस्तक्षप गरीएको हो ।
· गाउँपालीकामा कृषि तथा पयृटन क्षेत्रमा के गर्ने लक्ष राख्नु भएको छ ?
बिशेष गरी गाउँपालिका बिभिन्न स्थानमा कृषि पकेट क्षेत्र घोषणा गर्ने लक्षका साथ लागीएको छ । वडा नं. १ र २ लाई कपासको पकेट क्षेत्रका लागी लागी परेका छौ किन की यहाँ उत्पादीत खाडीको कपडालाई देश भरी चिनाउन कपासको पकेट क्षेत्र बनाउनु पर्ने देखिएको छ ,यसका लागी यो वर्ष पनि केही वजेट बिनीयोजन गरीएको छ । त्यस्तै गरी वडा नं. ७, ८, ९ र १० लाई अलैंचि पकेट क्षेत्र घोषणा गरीदै छ यो वर्ष पनि यहाँ ३ लाख वढी अलैंचि रोपिएको छ । वडा नं. ३ को शिल्खु बेसी जिल्ला कै राम्रो धान उत्पादन हुने स्थान हो यसलाई धानको जोन क्षेत्र बनाउँदै छौं भने अन्य स्थानमा माटो सुवाउँदो खेती गरीने लक्षका साथ लागेका छौं ।
त्यस्तै गरी गाउँपालिकामा रहेको जिल्ला कै दोश्रो अग्लो स्थान मालिंगे डाडा र चमापादेवीलाई पर्यटकीय हव बनाउने लक्षका साथ लागी परेका छौं । मालिंगेबाट सुर्योदय तथा सुर्यास्तको दृष्य राम्रो देखीनुका साथै बिभिन्न हिमश्रृखलाहरु समेत देखीन्छ यहाँ एउटा भ्युटावर निर्माण गरी आन्तरक तथा बाह्य पर्याटक भित्राउन बिशेष पहल गरी रहेको छौ र ककनी चम्पादेवी धार्मीक स्थलमा धार्मीक पर्यटक भित्राउन र ककनी चम्पादेवी सम्रक्षणका लागी बृहत ककनी चम्पादेवी योजना बनाई यसको डिपिआर समेत तयार भएको छ । यहाँ धार्मीक पर्यटक भित्राउनका लागी बिशेष गरी सँघुटार घोराखोरी दलिडाँडा ककनी र नवलपुर पलापु सिद्धपोखरी फेदीगुठ ककनी पदमार्ग निर्माणको योजना बनाई रहेका छौ ।
· अन्तमा आफुले जनाताका लागी गर्नै पर्ने कही काम भए र हाम्रो संचार माध्ययम मार्फत के भन्न चाहनु हुन्छ ?
हामीले गर्नैपर्ने अर्काे काम भनेको बिलन्दुमा रहेका आधादर्जन तामा खानी सम्रक्षण तथा उत्खननका लागी पहल गर्नुपर्ने छ । बिभिन्न स्थानमा रहेका धार्मीक स्थलहरुको पहिचान र प्रचारप्रसार गरी धार्मीक पर्यटक बढाउने प्रयत्नका साथ लागी पर्ने र्छौ । बिशेष गरी दुईवर्ष भित्र उज्याले चम्पादेवी, घरघरमा पानीकोधारा बनाउन र बैदेशीक रोजगारीमा जाने युवाहरुलाई केही गरे यहीं हुन्छ भन्ने नाराका साथ कृषिमा लाग्न लालायीत बनाउने योजना बनाएका छौं । र खाँडीको कपडालाई देशबिदेश सम्म पुराउने लक्षका साथ लागी परेको छु । आफ्नो कार्यकालमा चम्पादेवीलाई बिकासबाट फड्को मारेर आर्थीक उन्नतीमा लैजाने प्रणका साथ लागी परेको छु ।
अन्तमा गाउँपालीकाको बिवाद भई रहेको अवस्थामा साँच्चिकै के भई रहेको छ भनेर बास्तबिकता बुझ्न सदरमुकाम देखी यो बिकट क्षेत्रसम्म आउनुभई मलाई आफ्नो संचार माध्ययममा बिचार राख्न दिनु भएकोमा तपाई अनि तपाईको संचारमाध्ययमलाई बिशेष धन्यबाद दिन चाहन्छु ।