कालिन्चोक भगवतीको दर्शन गर्नुहोस ! हेर्नुहोस आजको राशिफल,के लेखिएको छ तपाईको भाग्यामा

  • प्रकाशित मिति: शनिबार, पुष २८ २०७५
  • तामाकोशी

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल पुष २९ गते आइतबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९जनवरी १३ तारिक शुक्लपक्ष सप्तमी तिथि राती ७ वजेसम्म उप्रान्त अष्टमी तिथि,उत्तरभाद्रा नक्षत्र विहान ७ वजेर २८ मिनेटसम्म उप्रान्त रेवती नक्षत्र,शीवयोग,वणिजकरण,आनन्दादियोग स्थिर,सूर्य धनु राशीमा,चन्द्रमा मीन राशीमा ।काल उत्तर,पाश दक्षिण,योगिनी वायव्य,चन्द्रमा उत्तर दिशामा दिन भर भ्रमण गर्ने छन् । शुक्र पूर्व दिशामा । स्त्री जाती र गाईलाई शुक्रको दोष बढि लाग्ने भएकोले यात्रा गर्दा शुक्र सम्मुख नपार्नु होला ।



मुहूर्त
राहुकालः–अशुभ अपरान्ह४ वजेर ९मिनेटबाट ५ वजेर २७मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–मध्यान्ह १२ वजेर १२ मिनेटबाट अपरान्ह १ वजेर ३१ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह २ वजेर ५० मिनेटबाट ४ वजेर ९मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ अपरान्ह४ वजेर ३मिनेटबाट ४ वजेर ४५ मिनेटसम्म रहनेछ।शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५१मिनेटबाट मध्यान्ह १२ वजेर ३३मिनेटसम्म रहनेछ ।

दिन बार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १६मिनेटसम्म उद्वेग वेला,८ वजेर १६मिनेटबाट ९ वजेर ३५मिनेटसम्म चर वेला,९ वजेर ३५मिनेटबाट १० वजेर ५३मिनेटसम्म लाभ वेला,१० वजेर ५३मिनेटबाट १२ वजेर १२मिनेटसम्म अमृत वेला,१२ वजेर १२मिनेटबाट १ वजेर ३१मिनेटसम्म काल वेला,१ वजेर ३१मिनेटबाट २ वजेर ४९मिनेटसम्म शुभ वेला,२ वजेर ४९मिनेटबाट ४ वजेर ८मिनेटसम्म रोग वेला र ४ वजेर ८मिनेटबाट सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

रात्री बार बेला
सूर्यास्तबाट ७ वजेर ९मिनेटसम्म शुभ वेला,७ वजेर ९मिनेटबाट ८ वजेर ५०मिनेटसम्म अमृतवेला,८ वजेर ५०मिनेटबाट १० वजेर ३२मिनेटसम्म चरवेला,१० वजेर ३२मिनेटबाट १२ वजेर १३मिनेटसम्म रोगवेला,१२ वजेर १३मिनेटबाट १ वजेर ५४मिनेटसम्म काल वेला,१ वजेर ५४मिनेटबाट ३ वजेर ३६मिनेटसम्म लाभवेला,३ वजेर ३६मिनेटबाट ५ वजेर १७मिनेटसम्म उद्वेगर ५ वजेर १७मिनेटबाट सूर्योदयसम्म शुभ वेला रहनेछ ।

मेषः– जवर्जस्ति कहि नगर्नु होला, यदि गरेमा हासिल उपलब्धि पनि गुम्न सक्छ । ठगहरु भेटिने छन् । आसा र भरोसा निराशामा परिण हुने देखिन्छ । अनावस्यक काममा समय खर्च हुनेछ । विना तयारी काममा लाग्दा विग्रिने छन् । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानीका क्षेत्र नबढाउनु होला । धन दिएर शत्रु बढाउने काम नगर्नुहोला ।

वृषः– कार्य लगनशिलता बढ्नेछ । समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरुले आफ्नो बाटो तताउने छन् । सहयोगी मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

मिथुनः–कार्य व्यस्तता बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला । इष्टमित्रको भर नपर्नुहोला । टाढाका मित्रबाट सहयोग मिल्नेछ । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो कुरामा विश्वास नगर्नु होला ।

कर्कटः– लगनशिल भई गरेका काम सफल हुनेछन् । कुनै पनि क्षेत्रमा हेलचक्र्याई नगर्नु होला । अरुको भरमा मात्रै काम गर्दा उपलब्धि गुम्न सक्छन् । राजनैति हतियार प्रयोग गरेर काम नगर्न उत्तम हुनेछ । साँझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्याले पूर्ण मूक्ति मिल्ने छैन ।

सिंहः– शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । काम काजमा अवरोध आउनेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार होइनेछ । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

कन्याः– काममा ढिला सुस्ति गर्दा आएको अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति कम मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

तुलाः– प्रतिश्पर्धा गरेर भए पनि काममा अगाडि बढ्नु होला । आफ्ना समस्या आफैले समाधान गर्नु पर्नेछ । परिश्रमको प्रतिफल मिठो मिलनेछ । अरुको भर धेरै नपर्नू होला धोका हुनसक्छ । खेलाडीको लागि पनि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिर मन लिएर काममा नजानु होला ।

वृश्चिकः– आफुमा भएको उर्जाको सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काममा झमेला आई लाग्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ ।

धनुः– पैसाको अभावमा काम गर्न सकिने छैन । भएको धनलाई नचलाउनु होला भविष्यमा समस्यामा परिनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । सक्रियता बढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन ।

मकरः– महत्वकाँक्षी नबनि रिस,अहंकार र क्रोधलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । ढिला सुस्ति गर्दा अवसर फुत्किने सम्भावना रहनेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला ।

कुम्भः– लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको भर विश्वास र कुरामा नलाग्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । हेलचक्र्याई गरेर नगर्नु होला गरेमा वचे खुचेको पनि सकिनेछ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

मिनः– दिन सामान्य अनुकुल देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुखी मिल्नेछ । पूर्व तयारीका साथ काममा लाग्नु भएमा केहि उपलब्धि हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।
नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।