इलाम । इलाममा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका–५ बतासे बस्ने ३५ वर्षीय सोमबहादुर गुरुङलाई ३५ वर्षीया श्रीमती निरमायालाई कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका सोमबहादुरलाई जिल्ला प्रहरी कार्यालय, इलामबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो ।
सोमबहादुरले घरायसी विवादको कारण रक्सीको बोतलले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । रातोपार्टीबाट साभार,