विवादसंगै कालिकोट पुगेका रवि लामिछानेलाई कालिकोटका जनताले यतिसम्म गरे रविलाई

  • प्रकाशित मिति: शनिबार, पुष २८ २०७५
  • तामाकोशी

रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने पत्रकार रवि लामिछाने बताएका छन् र येहि शिलशिलामा उनी कालिकोट पुगेका छन। उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे । तीन तहका सरकार एक, हामी एक भएर लाग्यौं भने सोचेभन्दा चाडै अस्पताल बन्नेछ, उनले भने । त्यस्तै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नकरात्माक सोचले देश विकास नहुने बताएका छन् । ‘खुट्टा तान्ने प्रवृतिले देशको विकास हुदैँन् ।’ उनले भने, ‘देश विकासका लागि सबै एक भएर लाग्नुपर्छ ।’

कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण पहलका लागि अभियान कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले देश विकासको लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए । कर्णालीमा अहिले पनि बिरामीलाई उपचारका लागि डोको र जहाज कुर्नु पर्ने बाध्यता रहेकोले त्यसको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उनले बताए ।



सामुदायिक अस्पताल बनाउनका एक करोड रुपैयाँ संकलन भइसकेको अस्पतालका निर्माणका अभियन्ता डा. मुकुद ढकालले बताए । अस्पताल निर्माणको लगि पत्रकार रबि लामिछानेले जिम्मा लिएको बताउँदै उनले बाँकी काम लामिछाने मार्फत हुने बताए ।