रामेछाप । पौष २७ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा सञ्चालित दुई दिने एकीकृत घुम्ती शिविरबाट ३ सय ४ जनाले नेपाली नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा विहिबार र शुक्रबार सञ्चालन भएको घुम्ती शिविरमा मतदाता नामावली समेत संकलन गरिएको छ ।
विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम आउन नसकेका स्थानियलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । शिविरबाट ३ सय ३३ जनाले फोटो सहितको मतदाता नामवालीमा नाम दर्ता गराएका छन् भने ३१ जनाले उद्योग दर्ता गरेका छन् । यसैगरी २५ जनाले बाणिज्य फर्म दर्ता गरेका छन् भने एक जनाले आफ्नो ब्यवसाय नविकरण गरेको छ ।
गाउँघरबाटै नागरिकता लगाएत विभिन्न सरकारी कार्यालयबाट प्रवाह हुने सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएको बताए ।
गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुमा सञ्चालित शिविरमा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयले सेवा लिएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिए ।