रवि ओड नेपाल फर्किए पछी जापानमा रहेका नेपालीहरूबारे यस्ताे भने (भिडियाेसहित)

  • प्रकाशित मिति: बिहिबार, पुष २६ २०७५
  • तामाकोशी

नेपाल अाइडल सिजन २ सकिए लगत्तै नेपाल अाइड टीम जापान भ्रमण गरि स्वदेश फर्किसकेकाे छ । नेपाल अाइडल विजेता रवि वड नेपाल अाइडलका लागि एउटा फरक नाम बन्याे याे सिजनमा । उत्कृष्ट प्रस्तुति दिदैँ अाइडल विजेता बनेका रविकाे जीवन भने दुःख र संघर्षले भरिएकाे छ ।

जापानमा निकै राम्राे प्रस्तुती दिएर स्वदेश फर्किएका रवि वड बुवालार्इ भारतबाट घर फर्काएका रविले अब घर बनाउने पनि तयारी गरेका छन् । नेपाल रैबारसँग कुराकानी गर्दै रवि भन्छन् भार्इहरू लगायत घर व्यवहार चलाउन अाफ्नाे जिम्मेवारी थपिएकाे छ। मैले याे कुरा बुझेकाे छु । यस समयमा मलार्इ साथ दिनुहुने सम्पूर्णमा अाभारी छु । पारिवारिक घटनाले धेरै ठाउँमा हुने कार्यक्रमहरूमा उपस्थिति जनाउन नसकेकाे र अब ती कार्यक्रममा पनि सहभागी हुने उनले बताए । जापान भ्रमण कस्ताे रह्याे भनि राखेकाे जिज्ञासामा रविले जापानमा समर्थकहरूबाट पाएकाे माया साथ र सहयाेगले अाफूमा उर्जा थपेकाे पनि बताएका छन् ।



जीवनभर दुःख पाएका रविले खुशी हुने अवसर अाउँदा अामा गुमाउनु परेकाे थियाे । नेपाल अाइडल सिजन २ जिते लगत्तै घटेकाे यस घटनाले रवि निकै दुखी भएका छन् । तर उनले अाफ्नाे जिम्मेवारी पनि बुझेका छन् । रवि वडकाे अागामी साँगीतिक यात्राले शिखर चुमाेस् । साथै उज्जव भबिष्यकाे कामना ।

भिडियाेमा हेर्नुहाेस् जापान भ्रमण र पारिवारिक कुराकानीमा महेश विसीसाग रवि वडः