दाहाल परिवार शोकमा ! सीता दाहालको मृत्यु ४ जना गम्भीर घाइते

  • प्रकाशित मिति: सोमबार, पुष २३ २०७५
  • तामाकोशी

काठमाडौँ । काठमाडौंमा सडकमै बाटो काटिरहेका पैदलयात्रु माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काठमाडौँको सामाखुशी चोकमा माइक्रोबसको ठक्करबाट धुम्बाराहीकी ५५ वर्षे सीता दाहालको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घाइते भएका चारजनाको सामाखुशीको अल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।



सोमबार दिउँसो पौने १२ बजे बा १ ज ९७६६ नम्बरको माइक्रोबसले सामाखुशी चोकमा बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
os nepal..