एका बिहानै काठमाडौं उपत्यकामा वर्षा, देशका पहाडी भूभागमा पानी पर्ने

  • प्रकाशित मिति: सोमबार, पुष २३ २०७५
  • तामाकोशी

काठमाडौं – आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् ।
पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको दाबी छ भने यति बेला काठमाडौको केही ठाउँमा पानी परिरहेको छ
शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको अवस्थामा सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यो वर्ष सबैभन्दा कम तापक्रम १ दशमलव शून्य डिग्रिमा झरेको थियो ।