भारतमा बस दुर्घटनामा ६ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको छ ।शनिबार हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा एक बस खोँचमा झर्दा छ जनाको मृत्यु भएको हो । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताउनुभयो । दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।
लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् ।बाडालोना, स्पेन , रासस/एएफपी । स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।एक बालक सहित अरु १६ जना घाइते भएको पनि उद्धारकर्मीहरुले बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान शुरु भएको छ । प्रहरीले आगलागीबाट मृत्यु भएकाहरुको पहिचान गरिसकेको पनि जनाएको छ ।घाइतेमध्ये बच्चा र अरु दुई व्यक्तिको अवस्था गम्भीर रहेको छ । आगो बिहान मात्र नियन्त्रणमा आउन सकेको थियो । दश तल्ले उक्त भवनको बाहिरी भाग पूरै कालो भएको छ ।