भगवान शिवले सवैको रक्षा गरुन !! हेर्नुहोस आजको तपाईको राशिफल ,के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: आइतबार, पुष २२ २०७५
  • तामाकोशी

मेषः– कर्म क्षेत्र छोडेर अन्त नलाग्नु होला । साना साना कुराले काममा ढिला सुस्ति हुनेछ । रविबार आफ्नो काम भन्दा अरुका काम बढि हुनेछन् । सोमबार देखि शुक्रबार सम्म समय बढि नै अनुकुल देखिन्छ । रोकिएका योजनाहरु अगाडि बढ्ने छन् । तर लहैलहैमा लागेर अरुको पछाडि न दौडिनु होला । पारिवारिक समस्या सल्टिने छन् । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । साताको अन्तिम दिन भने प्रतिकुल देखिन्छ । आर्थिक समस्या झेल्नु पर्नेछ । समय र धनको दुरुपयोग हुनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

वृषः– आइतबार कमजोर दिन देखिन्छ । काम काजमा ढिला सुस्ति हुनेछ । पराक्रम घट्नेछ । सोमबार र मंगलबार थोरै सुधार आउनेछ काममा । मानसिक तनाव घट्नेछ । बुधबार देखि भने समयले पूर्ण साथ दिनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ । संघर्षको तितो अनुभवबाट मिठो परिणम निस्कनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम सम्पादन हुनेछन् । सहयोगी हात भेटिने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो अम्दानी गर्न सफल हुनुहुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।



मिथुनः– रविबार केहि नयाँ काम हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उप्रान्त बुधबार मध्यान्ह सम्म समय बढि नै प्रतिकुल देखिन्छ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । स्वास्थ्य खराव हुनसक्छ । खर्चले सिमा नाग्नेछ । ऋण लिएर कुनै काम नगर्नु होला पछि अप्ठ्रो पर्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् सतर्क भई अगाडि बढ्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी डुब्न सक्छ । बुधबार मध्यान्हबाट समयमा क्रमिक सुधार आउनेछ । साताको अन्तिम दिन कार्य सम्पादनका दृुष्टिलो महत्वपूर्ण देखिन्छ । रोकिएका काम बन्ने छन् ।

कर्कटः–आइतबार धेरै संघर्ष गर्नु पर्नेछ । सहज रुपमा कुनै काम हुने छैनन । काममा शत्रुको बक्रदृष्टि पर्नेछ । सोमबार देखि बुधबार मध्यान्ह सम्म समय थोरै अनुकुल हुनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । उप्रान्त समय प्रतिकुल देखिन्छ । शरीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । विचार पु¥याउन नसके व्यापारमा गरेको लगानी डुब्न सक्छ । नसोचेका ठाँउबाट विश्वास घात हुनेछ । पारिवारिक खर्च बढ्नेछ । आफुमा भएको उर्जा अरुको लागि प्रयोग हुनेछ ।

सिंहः– आइतबार अलमलमा परिनेछ । खासै कामले गति लिने छैन । सोमबार र मंगलबार काममा बढि संघर्ष बढि गर्नु पर्ला । विरोधीले शीर ठाडो गर्नेछन् । गोपनियता अप्नाएर काम गर्दा बढि सजिलो हुनेछ । बुधबार मध्यान्हबाट शुक्रबार सम्म समय थोरै बढि अनुकुल हुनेछ । प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ । नयाँ काम हुनेछन् । सुखद् समाचार सुन्न पाइनेछ । पुराना असल मित्रहरु भेटिने छन् । वैदेशिक कामबाट लाभ हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । शेष दिन त्यति अनुकुल देखिन्न । विश्वास गरेकाले धोका दिनेछन् । फजुल खर्च बढ्नेछ ।

कन्याः– साता उपलब्धिपूर्ण रहनेछ तर सवैलाई आफ्नो ठानेर काम गर्नु भयो भने धोका पनि हुनसक्छ । संयमित भएर काम गर्नु होला धेरै ठाँउमा सफलता मिल्नेछ । सहज र सरल तरिकाबाट काम बन्नेछन् । शिर झुकाएर काम गर्नु पर्ने छैन । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । साताको अन्त्यतिर केहि नयाँ काम हात लाग्ने देखिन्छ । विदेश यात्राको योग पनि रहेकोछ । आर्थिक पक्ष बलियो बन्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पहिचान नभएका,व्यवहारमा नपरेका व्यक्ति सँग आर्थिक कारोवार नगर्नु होला पछि धोका हुनेछ ।

तुलाः–रविबारको दिन अनुकुल नै देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । सोमबारबाट बुधबार मध्यान्ह सम्म समय प्रतिकुल देखिन्छ । पारिवारिक समस्या बढ्ने छन् । संचित धनको नास हुनेछ । उपलब्धिका काममा विलम्ब हुनेछ । आफन्तमा वैरभाव उत्पन्न हुन सक्छ । उप्रान्त समय विस्तारै अनुकुल हुनेछ तर सामान्य प्रयासबाट कार्य सम्पादन हुने छैनन । संघर्ष गरेर आफ्नो मिसनमा पुग्न सकिनेछ । पढाई लेखाईमा सुधार आउनेछ । आर्थिक तनाव घट्नेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । अरुबाट सहयोगको आशा कम राख्नु होला ।

वृश्चिकः–आईतबार मध्यम देखिन्छ । आर्थिक कारोवारमा ध्यान दिनु होला । सोमबार देखि बुधबार मध्यान्ह सम्म समय बढि अनुकुल रहला । भाग्यले साथ दिनेछ । उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । कार्र्य क्षमता बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पुराना समस्या समाधान भएर जानेछन् । उप्रान्त समय त्यति अनुकुल नहुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । आफन्तबाट पराईको व्यवहार हुनेछ । सुख शान्तिमा कमि आउनेछ । लक्ष्यमा पुग्न गाह्रो हुनेछ ।

धनुः–२२ गते भोज भतेरमा सहभागी हुने अबसर मिल्नेछ । २३ गते देखि २५ गते विहान सम्मको समय प्रतिकुल रहला । आर्थिक हिनामिना धेरै हुन सक्छ । आफन्तले धोका दिने छन् । वोलीको अनर्थ लगाउने छन् । उप्रान्त शुक्रबार सम्म समय अनुकुल रहला । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्नबाट नयाँ काम हात पार्न सकिनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । रोकिएका र भत्किएका काम बन्नेछन् । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । उच्च व्यक्तित्व सँग भेट हुदा आत्म सन्तुष्टि मिल्नेछ । शेष दिन समस्या समाधान गर्दैमा जानेछ ।

मकरः– आईतबार बाहेक समग्रमा साता सुखद रहनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । इष्टमित्र साथि भाईबाट सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । आर्थिक उन्नति सन्तोषजनक नै रहनेछ । उद्योग धन्दा बन्द व्यापारबाट मुनाफा राम्रै हुनेछ । मिलेर र हेलचक्र्याई गरेर काम नगर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । विना योजना अगाडि नबढ्नु होला ।

कुम्भः–२२ गते आय आर्जनका हिसावले राम्रै देखिन्छ । उप्रान्त २५ गते विहान सम्म समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । अनावस्यक झै झमेला आई लाग्ने छन् । अनावस्यक खर्च बढ्नेछ । दुःख,कष्ट,हैरानी तथा शारीरिक पीडा बढि हुनसक्छ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या देखा पर्ने छन् । शेष समय अनुकुल देखिन्छ । आत्मबल,आत्मविश्वास बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । नोकरी तथा राजनीति एवं शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सहयोगी हात भेटिने छन् ।

मिनः– रविवार कार्य प्रगति राम्रो रहला । सोमबार बाट बुधबार विहान सम्म आय आर्जनका हिसावले राम्रो देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका काम सफल हुनेछन् । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । विदेश यात्राको योग देखिन्छ । उप्रान्त शुक्रबार सम्म समयले कम साथ दिनेछ । खर्चमा तिव्रता आउनेछ । अनावस्यक काममा श्रम र धन लगानी हुनसक्छ । आफन्तको काम गरेर जश पाईने छैन । शनिबार समयमा सामान्य परिवर्तन आउनेछ । फजुल खर्चमा कमि आउनेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । स्फूर्ति बढ्नेछ ।
–पंडित श्रीकण्ठ सुराचार्य