भेटियो यस्तो अवस्थामा डरलाग्दो कुकुरको कंकाल देखिएपछि…

  • प्रकाशित मिति: शुक्रबार, पुष २० २०७५
  • तामाकोशी

एजेन्सी । जंगलमा मुढा चिर्ने क्रममा डरलाग्दो कुकुरको कंकाल देखिएपछि दाउरेहरु छक्क परेका छन् । घटना हो जर्जियाको । जर्जियाको जंगलमा काठ काट्ने मानिसहरुले करिब २० वर्ष अघिदेखि रहेको अनौठो बस्तु कुकुरको कंकाल भएको हुन सक्ने अनुमान गरेका छन् ।

वर्षौं पहिलेको रुखको मुडा काटिरहेका ति मानिसहरुले त्यस काठभित्र चिदै जाँदा एक्कासी अनौठो आकृति देख्दा झस्किएर भागेका थिए । पछि अनुसन्धान गर्दै जाँदा । वैज्ञानिकहरुले त्यस कुकुरको कंकाल त्यहाँ २० वर्ष अघिदेखि रहेको हुनसक्ने बताएका छन् ।