काठमाडौं । चर्चित पत्रकार रबि लामिछानेले पत्नी ईशासँग डिभोर्स गरेपछि सामाजिक संजालमा बहस सिर्जना भएको छ । उनले २५ वर्ष लामो वैवाहिक सम्वन्ध तुङ्ग्याउदै सम्बन्ध विच्छेद गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी रबि आफैले लिएका छन् । रबिसँग डिभोर्सपछि ईशा अमेरिका हानिएकी छन् ।
ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको रबिले दाबी गरेका छन् । ‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्वन्धविच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ ।’ रविले सामाजिक सञ्जालमा लेखेका छन् । रबिसँग डिभोर्स गरेपछि इशाले भने, मिडियासँग गुहार मागेकी छन् । उनले आफु अन्यायमा परेको भन्दैं न्यायको माग गरेकी हुन् ।
यो बिषयमा बिबाद उत्पन्न भएपछि रबि आफैले स्पष्टिकरण दिएका छन् ।