काठमाडौं, २० पुस । साताको छौटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।अघिल्लो दिन बिहिबार एक्कै दिन तोलामा ८ सय रुपैयाले बढेर ६० हजार ४ सय प्रतितोला पुगेको सुनको मूल्य शुक्रबार तोलामा रु एक सयले घटेर प्रति तोला ६० हजार ३ सयमा कारोबार भएको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।
लगातार ४ दिन स्थिर रहेको सुनको मुल्य बुधबार तोलामा एक सयले घटेर प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको थियो ।आइतबार, सोमबार, मंगलबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार तेजाबी सुन प्रति तोल ६० हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आइतबार, सोमबार, मंगलबार झैँ बुधबार चाँदीको मूल्य स्थिर रहेको थियो । बिहिबार भने चाँदीको मूल्य पनि बढेको थियो ।बिहिबार चाँदी तोलामा १५ रुपैयाले बढेर प्रतितोला ७ सय ६० कारोबार भएकोमा शुक्रबार भने तोलामा ५ रुपैयाले बढेर ७ सय ६५ प्रति तोला पुगेको महासंघले जनाएको छ ।