अकस्मात प्रधानमन्त्रीले बोलेको बोलि किन फेरियो ?अचम्मै भयो संसदमा

  • प्रकाशित मिति: बिहिबार, पुष १९ २०७५
  • तामाकोशी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बिहीबार गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो।

प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको संसद सचिवालयले जनाएको छ।संसद बैठक भने १२ बजे बस्दै छ।



यही पुस ११ गतेबाट सुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनि अन्तिममा आएर सम्बोधन स्थगित भएको हो।