भर्खरै भिरबाट लडेर बृद्धको मृत्यु,कति निर्दाही दैब !

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

संखुवासभा / संखुवासभाको धर्मदेबी नगरपालिका -५ चटपटे चोकमा भिरबाट लडेर एक बृद्दको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजेको समयमा धर्मदेबी नगरपालिका-१४ बस्ने बर्ष ६३ को लिला बहादुर मगरको हटिया भरेर भिरालो बाटो हुदै घर फर्कने क्रममा भिरबाट १०० मिटर तल झरेर मृत्यु भएको थियो । शव पोष्टमार्टमको लागि चैनपुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।