लगातारको सुनको मुल्यमा स्थिरतापछि आज एक्कासी किन घट्यो सुनको मूल्य, कति पुग्यो त ? पढ्नुहोस्

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

काठमाडौँ, १८ पुस । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मुल्यमा तोलामा एक सयले घटेर प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको छ ।लगातार ४ दिन देखि स्थिर रहेको सुनको मूल्य बुधबार घटेको छ ।गत हप्ता शुक्रबार र आइतबार, सोमबार, मंगलबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सयमा कारोबार भएको थियो ।त्यसैगरी बुधबार तेजाबी सुन प्रति तोल ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।त्यसैगरी शुक्रबार, आइतबार, सोमबार, मंगलबार झैँ बुधबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला ७ सय ४५ कारोबार भइरहेको महासंघले जनाएको छ ।