रामेछाप नागदहमा संचालित सामुदायीक संस्थालाई जागरण नेपालको सहयोग

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

रामेछाप । पौष १८ गते,
रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ नागदहमा रहेको मानापाथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निर्माण गरेको सामुदायीक संस्था लाई जागरण नेपाल काठमाडौँले सिलाई मेशिन तथा विपतको बेलामा अत्यावश्यक सामाग्रिहरु उपलब्ध गराएको छ । सहकारीलाई ३ थान शिलाई मेशिन तथा १ थान इन्टरलक मेशिन उपलब्ध गराइएको जागरण नेपालका कार्यक्रम संयोजक नरेश कार्कीले जानकारी दिए । त्यसैगरी सहकारीलाई विपतको बेलामा उपयोगि हुने स्टेचर लगायतका अत्यावश्यक सामाग्रिहरु समेत उपलब्ध गराइएको कार्कीले जानकारी दिए ।
सहकारीको सामुदायीक भवनमा मंगलबार आयोजित कार्यक्रममा ती सामाग्रि वडाअध्यक्ष सोमबहादुर तामाङले सहकारीका अध्यक्ष बासा तामाङलाई हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै वडाअध्यक्ष तामाङले यी सामाग्री महिलाहरुलाई सिप सिकि आयआर्जनको लागि सहयोग गर्ने बताए । उनले शिलाई तालिम सञ्चालनको लागि प्रशिक्ष तथा मेशिन अपुग भए त्यको वडाकार्यालयले व्यवस्थापन गर्ने बताए । साथै विपतको बेलाका आवश्यक सामाग्रि प्रदान गरेर सबैलाई सचेत गराएको उनले बताए ।
कार्यक्रममा बोल्दै जागरण नेपालका कार्यक्रम संयोजक नरेश कार्कीले प्रदान गरिएका साधनको उचित सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा गाउँकार्यपालिका सदस्य बुद्धबहादुर बिक तथा वडा सदस्य काजिबहादुर मगरले पनि बोल्दै यस्ता सहयोगले सचेत समेत गराएको बताए । जागरण नेपालल क्युफ र एच एण्ड डी को आर्थिक सहयोगमा रामेछाप दोलखा र सिन्धुपाल्चोका सामुदायीक भवन निर्माण गरी ती भवनहरुमा यस्तै उपकरणहरु प्रदान गरिएको समेत कार्कीले बताए ।
यसैबिच यु.एस.एडको आर्थिक सहयोग तथा एफ एच आई ३६० र हुराडेग दोलखाको सहजिरणमा संचालीत नागकि समाज पारस्परिक जवाफदेहित परियोजनाको सहयोगमा लिखु तामाकोशी गउँपालिका ५ नागदहमा सांलित श्रीजनशिल शाखा पनि स्थानीय समुदायलाई हस्तारण गरिएको छ । श्रीजनशिल शाखा नागदह स्थित सामुदायिक अध्ययन केन्द्रलाई हस्तान्तरण गरिएको हो । सिर्जनशिल शाखामा सो परियोजनाले एक थान कम्प्युटर प्रदान गरको छ भने एक बर्षसम्म व्यवस्थापनका लागि समेत सहयोग गरेको थियो ।