नेपाली डाक्टरले नै गरे यस्तो चमत्कार काम ;युवतीको कृतिम यौनाङग बनाईदिएपछि भिडियो बन्यो भाइरल , हेर्नुहोस्

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

काठमाडौं । एक युवतीको यौनाङ्गको जटिल शल्यक्रिया गरिएको छ । यौनाङ्ग र पाठेघर नभएकी एक २६ वर्षीया युवतीलाई यौनाङ्ग प्रदान गरिएको हो । काठमाडौंस्थित ईशान बाल तथा महिला अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आफूहरुको एक चिकित्सकीय टोलीले २६ वर्षीया एक युवतीलाई यौनाङ्ग प्रदान गरिएको हो ।

शारीरिकरुपमा महिला नै रहेपनि यौनाङ्ग र पाठेघर नै नभएकी ति युवतीको ठूलो आन्द्राको १२ सेन्टिमिटर मासु काटेर शल्यक्रिया गरेर यौनाङ्ग बनाइएको सो अस्पतालले जानकारी दिएको छ । प्रसूतिरोग विशेषज्ञ डा. आशा सिंह र बालरोल विशेषज्ञ डा. आरपी चौधरीलगायतको टिमले शल्यक्रिया गरेको सो अस्पतालले जनाएको छ ।२३ वर्षको उमेरसम्म पनि महिनावारी नभएपछि चिकित्सकको सम्पर्कमा पुगेकी ती युवतीको तीन वर्षपछि शल्यक्रिया गरेर यौनाङ्ग प्रदान गरिएको हो । यौनाङ्ग बनाइएपनि पाठेघर नभएका कारण ति युवतीमा प्रजनन् क्षमता भने नरहने चिकित्सकहरुले जानकारी दिएका छन् ।



तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का २१ वर्षीय कविता खत्री, दङ्गीशरण गाउँपालिका–१ का २० वर्षीय सञ्जीत रत्गैयाँ रहेका छन् ।

दुर्घटनामा जुम्लाका मात्रै ११ जनाको मृत्यु भएको छ । जसमा चन्दननाथ नगरपालिका–६ का १६ वर्षीया कुशुम रावल, चन्दननाथ–३ का १७ वर्षीय हिक्मत बोहरा, कन्का सुन्दर गाउँपालिका–५ का २० वर्षीय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ का १७ वर्षीया शैलजा शाही, चन्दनथान–१० का १८ वर्षीय रुपेश शाही, चन्दननाथ–१४ का १७ वर्षीय रिपेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जङ्गबहादुर विक, चन्दननाथ–३ का १८ वर्षीय अर्जुन शाही, चन्दननाथ–१० का बिपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।

त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका–६ का २८ वर्षीय नरेश वली, डोल्पा जग्दुला–७ का १६
वर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगङ्गा नगरपालिका–४ का १७ वर्षीय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका–५ का १७ वर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी र बाजुरा बुढिगङ्गा–१० का लोकेन्द्र रावलको दुर्घटनामा मृत्यु भएको हो । मृतकमध्ये छ जना जुम्लाका र एक जना डोल्पाका गरी आठ जनाको शवलाई आज नेपाली सेनाको हेलिकोप्टबाट जुम्ला लगिएको छ । त्यसैगरी बाजुरा र बझाङका दुईको शव राप्ती अञ्चल अस्पतालमा नै राखिएको छ भने अन्य बाँकी शव आज नै आफन्तले बुझिसकेका छन् ।
घाइते सबैलाई आज नै कोहलपुर मेडिकल कलेजबाट थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडाँै लगिएको छ । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।