ओखलढुंगा । भदौ १४ गते,
ओखलढुंगाको मोलुंग गाउँपालिका ३ हर्कपुरका २७ वर्षीय सन्तोष कार्कीको हत्या गरेर फरार संजित थापालाई बु्धबार प्रहरीले पक्राउ गरेको छ । दाङ घर भएका थापालाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ल्याएको हो । 
श्रीमतीसँग अबैध सम्बन्ध राखेको आरोपमा कार्कीको भदौ ५ गते धारिलो हरियार प्रहार गरी हत्या गरेर थापाले भदौ ९ गते फेसबुकमा स्टाटस राखेका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी अनन्तराम शर्माले म्याद थप गरी मुद्दा दर्ता गरेर अनुसन्धान थालिने बताउनुभयो ।
ओखलढुंगामा हत्या गरेको आरोप लागेर फरार रहेका व्यक्ति पक्राउ
- प्रकाशित मिति: बिहिबार, भाद्र १४ २०७५
- तामाकोसी खबर