रामेछाप । भदौ ८ गते,
नेपाल शिक्षक महासंघ रामेछापले शिक्षकहरुको विभिन्न पेशागत माग राख्दै शुक्रबार रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा सिठी जुलुस निकालेको छ ।
शिक्षकहरुलाई निजामती कर्मचारीको सरह सेवा दिनु पर्ने, अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्नु पर्ने, विद्यालय कर्मचारीहरुको उचित व्यवस्थापन हुनुपर्ने, राहात, निजि श्रोत र बाल कोटामा रहेका शिक्षकहरुको पेशागत सुरक्षा हुनु पर्ने लगायतका माग राखि महासंघले निकालेको सिठी जुलुशमा जिल्ला भरिका विभिन्न विद्यालयबाट आएका शिक्षकहरुले भाग लिएका थिए ।
शिक्षकहरुले सिठी फुक्दै मन्थली बजार परिक्रमा गरेका थिए । जुलुस मन्थली बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
सभमा बोल्दै शिक्षकका नेताहरुले क्षिकहरुका माग सम्बोधन नभएसम्म देशभिरनै आन्दोलन जारी रहेन बताएका थिए । शिक्षकहरुको छता संगठनको रुपमार रहेको नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । शान्तिपुर्ण रुपमा गरिएको आन्दोलनले माग सम्बोधन नभए आन्दोलनको रुप परिवर्तन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् ।
रामेछाप सदरमुकाम मन्थलीमा शिक्षकहरुको सिठी जुलुस
- प्रकाशित मिति: शुक्रबार, भाद्र ८ २०७५
- तामाकोसी खबर