१० वर्षभित्र व्यापार घाटा सन्तुलनमा आउछ :प्रधानमन्त्री ओली

  • प्रकाशित मिति: बुधबार, भाद्र ६ २०७५
  • तामाकोसी खबर

काठमाडौं । भदौ ६ गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्ष्भित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् । मंगलबार विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए ।



प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।