चिर्पटले हान्दा काभ्रेमा बुहारीको मृत्यु, ससुरा पक्राउ

  • प्रकाशित मिति: बुधबार, बैशाख १९ २०७५
  • तामाकोसी खबर

काभ्रे । वैशाख १९ गते,
जिल्लाको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिरपटले हिर्काउदा मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिरपट दाउराले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएका प्रहरीले जनाएको छ ।
बुधबार आफुन्तले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाईसमेत प्रहरी पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । बुहारीले आफ्नो औला टोकेपछि प्रतिकारमा चिरपट दाउराले हान्दा उसको ज्यान गएको पदमलालले बयानमा बताएका प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।