सिन्धुलीको माढीमा तामाङ भाषामा कविता प्रतियोगिता

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १० २०७४
  • तामाकोसी खबर

सिन्धुली । फागुन १० गते,
तामाङ समुदायको साँस्कृतिक पर्व मञ्जु श्री २८५४ खि ल्होछारको अवसर तथा अन्तर्रा्ष्ट्रिय मात्रृभाषा दिवसको सन्दर्भमा सिन्धुली जिल्लाको माढीमा तामाङ भाषामा कविता प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा तथा साहित्य विभागको संयोजन र प्राङ्बोला छार न्हान सिन्धुलीको आयोजनामा बुधबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका प्रमुख खड्का खत्रीले भाषा समुदायको पहिचान भए जस्तै विविध मौलिक पहिचान राष्ट्रिय भएकोले यसको संरक्षण गर्नु पर्नेमा जोड दिए।
नेपाल तामाङ घेदुङ भाषा साहित्य विभाग प्रमुख एवम् प्राङबोला छार न्हान सिन्धुलीका अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको प्रतियोगितामा सिन्धुली, रामेछाप, सर्लाही, रौतहट लगायतबाट तामाङ श्रष्टाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा मरिण गाउँपालिका(३, सिन्धुलीका रुपक “जमरा” ग्लान प्रथम, मरिण गाउँपालिका(५ का कृष्णराज थिङ दोश्रो, सुनपाति गाउँपालिका(२ रामेछापका सोनाम ग्याबक तेस्रो र घ्याङलेक(४ सिन्धुलीका रुपेश मोक्तान सान्त्वना भएका छन् । प्रतियोगिताकाका बिजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।