६८ औ प्रजातन्त्र दिवसको अवसरमा रामेछापमा प्रभात फेरी र प्रवचन

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ७ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन ७ गते,
६८ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा सोमबार विहान प्रभात फेरी तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । दिवस मूल आयोजक समिति रामेछापको आयोजनामा भएको कार्यक्रम अन्तर्गत मन्थलीको देवकोटा चोकबाट निकालिएको र्यालि जिल्ला समन्व्य समितिसम्म पुगेको थियो ।
जिल्ला समन्वय समितिमा आयोजना गरिएको प्रवचन कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संविधानभाका पूर्व सदस्य तारानारायण श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी दिलिप्रसाद लामिछाने जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले प्रजातन्त्र दिवस र यसको महत्वको बारेमा बोलेका थिए । वक्ताहरुले २००७ को फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापनको प्रवेश विन्दु भएकोले यसको ऐतिहाँसिक महत्व भएको बताए ।