“रामेछाप सिभिल च्याम्पियनशीप २०७४” प्रतियोगिताभित्रको नालिबेली (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, माघ २१ २०७४
  • तामाकोसी खबर

माघ २१,मन्थली ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजित “रामेछाप सिभिल च्याम्पियन शीप २०७४” तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जिल्लामै अब्बल दर्जाको प्रतियोगिता मध्येको एक सावित भयो जुन एतिहासले पनि सम्झिरहने छ ।
पाँच विकास क्षेत्र र अन्य पाँच टिम गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गरे । माघ २० गतेसम्म चलेको प्रतियोगितामा पुर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले सहभातिगा जनाएका थिए । त्यसैगरी रामेछापको हिमगंगा , नमुनादिप युवा क्लब , लोकतान्त्रिक खेलकुद संघ , मन्थली युनाइटेड समाज र शान्तिदीप युवा क्लबले सहभागिता जनाएका थिए ।

वेष्ट अफ फाइफमा खेलाइएको प्रतियोगितामा राष्ट्रिय टोलीको खेलाडिहरु देखि विभागिय टोलीको खेलाडीहरुको बर्चस्व थियो । निक्कै प्रतिस्पर्धात्मक खेलमा प्राय सबै टिमका खेलाडीहरुले उत्कृठ खेल कौशल देखाइरहदा मन्थलीमा ओर्लिएका दर्शकहरुको पक्ष विपक्षको हुटिङले खेल अझ रोचक बन्दै गयो । रामेछापको इतिहासमा यति ठुलो भलिबल प्रतियोगिता जिल्ला खेलकुद समितिले आयोजना गरेको यो पहिलो पटक हो ।



अध्यक्ष पुर्षात्तम कडरियाको नेत्रित्वको जिल्ला खेलकुद समिति सफल समिति मात्र होइन, इतिहासले सम्झिरहने समिति बन्नेमा खेलकुद प्रेमीहरु धेरैको एउटै आवाज थियो ।
प्रसंग फाइनल खेलको हो, फाइनलमा सुदुरपश्चिमाञ्चल विकास क्षेत्र र स्थानिय शान्तिदिप युवा क्लव मन्थली विच निक्कै प्रतिस्पर्धा भइरहेको थियो । वेष्ट अफ फाइफमा खेलाइएको प्रतियोगितामा जव २–२ सेट जितेर निर्णयक सेटको १२–९ अंकको स्थितिमा पुग्यो शान्तिदिपका खेलाडीहरुले क्लव र खेलाडीको इज्वत जोगाइराख्न सकेन ।

आयोजकलाई मात्र होइन रेफ्री देखि नगरपालिका मेयरलाई समेत अभद्र ब्यवहार गरे । शान्तिदिप युवा क्लवका खेलाडीहरु मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतसंग विवाद गरिरहदा सुदुरपश्चिमाञ्च विकास क्षेत्रका खेलाडीहरु कोटभित्रनै थकाइ मारिरहेका देखिन्थे ।

जसरी पनि खेल आफैले जिल्नुपर्ने जस्तो व्यवहार शान्तिदिप युवा क्लवका खेलाडिहरुले गरिरहदा दर्शकको हाँसोको पात्र मात्र बनेनन् जिल्लाको इज्वतसंग ठुलै धक्का पु¥याइएको स्पष्ट देख्न सकिन्थ्यो ।

अतिथि देब भवः त परैको कुरा हो शान्तिदिपले रामेछाप जिल्लाको सान गिराउने काम गरेको भन्दै दर्शकहरु एकआपसमा कुरा काट्दै थिए ।

जे होस् खेलकुद इमान्दारिताको एक अभिन्न अंग हो भने एक आफसको सदभाव राख्ने माध्यम पनि हो । शिल्ड, मेडल, पैसासंग भन्दापनि सबैको इज्वतको सवाल ठुलो हो र हुनु पनि आबश्यकता छ । कि होइन र……… ??????

(भिडियो सहित)