ओखलढुंगा । माघ २० गते, रामहरि श्रेष्ठ,
रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने सिरिसेको लिखु नदीमा पक्की पुग निमार्ण सुरु भएको ६ बर्ष बितिसकेको छ । दुई बर्षभित्र पुल निमार्ण सम्पन्न गर्ने गरी २०६८ सालमा कन्काइ ओमबुद्ध जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरको थियो ।
तर निमार्ण सुरु भएको छ बर्ष बितिसक्दा समेत पुलको जग मात्रै उठाईएको छ ।
६० मिटर लामो उक्त पुल निमार्णका लागी कम्पनीले ५ करोड ८६ लाख रुपौयामा ठेक्का सम्झौता गरेको हो । तर ठेक्का लिएको ६ बर्ष बितिसक्दा समेत पुलको जगमात्र उठाईएको छ । स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडक निर्माणको प्रारम्भिक काम समेत बाँकी नै रहेको छ । स्थानीयहरुले भने कमिसनको चक्करमा सरकारले सम्झौता थपिरहेकोे आरोप लगाउन थालेका छन् । कम्पनीले भने निमार्ण समाग्रीको अभावमा पुल निमार्णको काम समयमै सम्पन्न हुन नसकेको बताउने गरेको छ ।
केहि समय अघि पुल पुलको निरिक्षणका लागि पुगेका रामेछाप र ओखलढुंगाका सांसदहरुले अधुरो पुल निर्माणलाई तत्काल अघि बढाउने प्रतिवद्धता जनाएका छन् । अनुगमनका क्रममा रामेछापका प्रतिनिधिसभा सदस्य सांसद श्याम कुमार श्रेष्ठले शिरिसे पुल निर्माण सम्पन्न गराउन पहल गर्ने बताउँदै काम गर्न नसक ठेक्का छाड्न समेत ठेकेदार कम्पनीलाई चेतावनी दिएका थिए । त्यसैगरी ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले तत्काल शिरिसे पुल निर्माणको कामलाई तिब्रता दिइने बताएका थिए । तर हालसम्म पुल निर्माणको कामले गति नलिदा रामेछाप र ओखलढुंगा बासी सास्ती खेप्न बाध्य छन् ।
रामेछाप र ओखलढुंगालाई जोड्ने पुल निर्माणको प्रगती, ६ बर्षमा जग मात्रै
- प्रकाशित मिति: शनिबार, माघ २० २०७४
- तामाकोसी खबर