रामेछाप । माघ ६ गते,
रामेछापको लिखु गाउँपालिका वडा नं ५ मा निर्वाचित जनप्रतिनिधि, स्थानीय सरकारी तथा सामाजिक संस्थाहरु नागरिक अगुवा लगायत संलग्न रहेको स्थानीय सभाले सो वडामा हालसम्म ५० प्रतिशत भूकम्प पीडितहरुले पनि घर निर्माणको काम सुरु नगरेकाले घर निर्माण सुरु गर्ने समयावधि थप गर्न माग गरेको छ । 
वडा अध्यक्ष सोमबहादुर तामाङको अध्यक्षतामा शनिबार बसेको साझा सभा बैठकले वडा कार्यालयले गाउँपालिका मार्फ निजि आवस निर्माण सुरु गर्ने म्याद थप गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको हो । सो वडामा ८ सय ३१ लाभग्राहीले घर निर्माणको लागि सम्झौता गरेका भए पनि अझै पनि ४ सय स्थानीयले घर निर्माणको काम नै सुरु गर्न नसकेकाले समयावधि थप गर्न माग गर्ने निर्णय गरिएको वडाअध्यक्ष तामाङले बताए ।
यसैगरी सो वडामा रहेको वुद्धजनप्रिय माविको भवन निर्माणको जिम्मा लिएको एशियाली विकास बैँकले गएको जेठ महिनामा नै अन्तिम सर्भे गरीे डिसेम्बर महिनाबाट नै काम थालनी गर्ने बताएको भए पनि हालसम्म काम सुरु नगरेकोले तत्काल काम गर्नको लागि ध्यानाकर्षण गर्ने पनि बैठकले निर्णय गरेको छ ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक दोलखाको साझेदारीमा सञ्चालित नागरिक समाज ः परस्पारिक जवाफदेहीता परियोजनाको समन्वयमा बसेको बैठकले नागदह स्वास्थ्य चौकीमा प्रशुती तथा परिवार नियोजन सेवा दिने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएकोले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई तालिम दिई सेवा सञ्चालनको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । 
यसैगरी सो वडामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार तथा विपद व्यवस्थापनको क्षेत्रमा भएका काम तथा देखिएका समस्या पहिचान गरी समाधानको उपाय खोज्नको लागि विषयगत समिति बनाउने समते बैठकले निर्णय गरेको छ । यसको अनुगमनको लागि वडाअध्यक्ष सोमबहादुर तामाङ संयोजक र पूर्वगाविस अध्यक्ष आशबहादुर तामाङ तथा पत्रकार युनिक विफा घिसिङ सदस्य रहेको समित गठन गरिएको छ ।
कार्यक्रममा नागरिक समाज ः परस्पारिक जवाफदेहीता परियोजनाको सहयोगमा नगदहमा रहेको सामुदायीक अध्ययन केन्द्रमा स्थापना भएको सिर्जनशिल शाखामा इन्टरनेट जडनको लागि म्यचुयल फण्ट रुपमा वडा कार्यालयले १५ हजार रुपैयाँ सहयोग गर्ने पनि वडाअध्यक्ष तामाङले जनकारी गराएका थिए ।
निजि आवास निर्माण सुरु गर्ने समयावधि थप गर्न रामेछाप नागदहवासीको माग
- प्रकाशित मिति: शनिबार, माघ ६ २०७४
- तामाकोसी खबर