लिखु–५, माघ ३ । रामेछापको लिखु ५ साविकको नागदहमा जात्रा नगर्न नगराउन वडा कार्यालयले उर्दी जारी गरे पछि स्थानिय समुदायहरु आक्रोसित भएका छन् । हरेक वर्ष माघ महिनाको २ गते परापुर्वककाल देखिनै लाग्दै आएको जात्रा विविध कारणबाट हटाउनु परेको भन्दै वडा कार्यालयबाट सुचना जारी गरे पछि मंगलबार जात्रा हुन सकेन ।
जात्राको लागि साविकको नागदह, खिम्ती, तिल्पुङ, कठजोर, विजुलीकोट, सैपु, दुरागाउका स्थानियहरु सयौको संख्यामा जात्रा हुने ठाउ आसपास जम्मा भएका थिए । जात्रा लाग्ने ठाउमा प्रहरीले प्रबेश निशेध गरिएको थियो भने खुकुरी सहित एक जनालाई नियन्त्रण लिएको छ । ऐतिहास बोकेको जात्रा वडा कार्यालयको पहलमा प्रहरी लगाएर हटाउनु दुखत भएको जात्रा हेर्न आएका तिल्पुङका दोर्जे तामाङको भनाइ छ ।
स्थानिय सरकार आए पश्चात पहिलो पटक जात्रा नहुदा आफ्नो सस्कृति , सस्कार र परम्परा मास्ने काम भयो भन्दै स्थानिय पुर्ण आलेले आक्रोस व्यक्त गरे ।
यता इलाका प्रहरी कार्यालय धोवीका प्रहरी निरिक्षक राजकुमार तामाङले सुरक्षाको कारणले जात्रा गर्न प्रतिबन्ध गर्नु परेको बताए । परम्परालाई मास्ने काम आफुहरुबाट नहुने भन्दै व्यवस्थित रुपमा जात्रा हुनु पर्ने उनको भनाइ छ ।
नाग हुने दहको नामबाट परिचित नागदह नजिक बुद्ध जनप्रिय आधारभुत विद्यालय रहेको छ भने विद्यालयको सुरक्षाको विषयमा जात्राको विकल्प खोज्दै आएको छ ।
नागदह र नागको प्रतिमा त्यहि भएकोले जात्रा सोहि स्थानमा हुनु पर्ने स्थानियहरुको माग रहेको छ । पहिला पहिला सो दह भित्र नागहरु खेलेको स्पस्ट देख्न सकिने किमदन्तीमा उल्लेख छ । वि.स. २०३२ साल तिर नजिकको बस्तीबाट आएको सुंगुर पानी खान पसे पछि नाग सो दहबाट विलय भएको स्थानियहरुको भनाइ छ । साविकको गाविसको नाम समेत सोही दहको नामबाट राखिएको छ भने यसैको सम्झनामा हरेक वर्षको माग २ गते राति जात्रा लाग्ने चलन छ ।
इतिहास बोकेको ठाउ नागदहको परम्पराको संरक्षण र सम्बर्धन गरी पर्यटनिय क्षेत्रको विकास गर्नु पर्नेमा इतिहास मास्ने काम स्थानिय सरकारले गरेको भन्दै जनगुनासो बढ्दै गएको छ ।