गरिवी निवारण कोषको कार्यक्रम सुधार गर्न रामेछापका जनप्रतिनिधिहरुको सुझाव

  • प्रकाशित मिति: बुधबार, पुष २६ २०७४
  • तामाकोसी खबर

रामेछाप । पौष २६ गते,
रामेछाप जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथ सरोकारवाला निकायहरुले गरिवी निवारण कोषद्धारा संचालित कार्यक्रमको समन्वय बढाउन सुझाव दिएका छन् । उनीहरुले कोषमार्फत जिल्लामा धेरै रकम लगानी भएको सुनिय पनि त्यसका बारेमा पुर्णरुपमा भने जानकारी नभएको गुनासो गरे । गरिवी निवारणकोषले सदरमुकाम मन्थलीमा बुधबार आयोजना गरेको स्थानीय सरकार तथा सरोकारवाला कार्यालयहरुबिच आफ्नो कार्यक्रम सम्बन्धि जनाकारी दिन र आगामि रणानिति बनाउन गरेको छलफलमा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गरिवी निवारण कोषले जिल्लामा संचालन गरेको कार्यक्रमको सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । उनले अवको दिनमा सवै स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय बढाउदै कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिए ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले गरिवी निवारण कोषले धेरै काम गरेको भए पनि सम्बन्धित निकायसंग समन्वय नहुदा प्रभावकारी नभएको बताए । उनले अब जिल्लामा संचालन गर्ने कामका बारेमा स्थानीय तह अन्य निकायहरुसंग व्यापक छलफल गरेर ग्रामिण भेगमा लैजानुपर्ने बताए । गरिवी निवारण कोष केन्द्रीय कार्यालयका प्रशासन विक्त महाशाखा प्रमुख सिताराम चौधरीले आगामि दिनमा गरिवी निवारण कोष मार्फत संचालन हुने कार्यक्रम स्थानीय तहसंगको समन्वयमा अगाडि बढाउने बताए । गरिवी निवारण कोषले रामेछाप जिल्लामा २०६३ सालबाट कार्यक्रम संचालन गरेको थियो । रामेछापका ९ सामाजिक संस्थाहरुलाई साझेदारका रुपमा लिएर काम गरेको १३ बर्ष भैसके छ । कोष मार्फत जिल्लामा संचालित कार्यक्रमले ग्रामिण भेगमा रहेका विपन्न , कम आए भएका र दलित जनजाति समुदायको जीवन स्तर उकास्न सहयोग गरेको गरिवी निवारण कोष रामेछापका कार्य प्रवन्धक धुव्र प्रसाद लामिछानेले दावि गरे ।
उनले गरिवी निवारण कोषले संचालन गरेको कार्यक्रम मध्य लिफ्ट खानेपानी र समुदायको मागमा आधारित जीविकोपार्जन कार्यक्रम प्रभावकारी रहेको बताए । रामेछापमा बनेका १ हजार ५ सय सामुदायि संस्था मार्फ ४७ करोड रकम समुदायमा परिचालित रहेको बताए । जिल्लाका ३४ हजार ७ सय ४ घरधुरी गरिवी निवारण कोषको कार्यक्रमले लाभान्वीत भएको उनको भनाई छ । कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा , खाडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ , दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोत्तान, जिल्ला पशु सेवा कार्यालय रामेछापका प्रमुख डा . नारायण प्रसाद शर्मा, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख राजेन्द्र श्रेष्ठ , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङ , उपाध्यक्ष भुवन कुमार श्रेष्ठ र कोषाध्यक्ष रत्न कडेलले गरिवि निवारण कोषले संचालन गरेको कामका बारेमा धारणा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का अध्यक्षतामा सम्पन्न भएको हो ।