रामेछाप । मंसिर २१ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहिबार साँझ ५ बजेनै सुरु हुने भएको छ । मतगणनाको सन्र्दभमा छलफल गर्न बसेको सर्वदलिय बैठकले ५ बजेनै मत गन्न सुरु गर्ने निर्णय गरेको हो । बैठकले हरेक मतदान स्थलमा खसेका मत छुट्टा छ्ट्टै गन्ने निर्णय गरेको छ ।
अब १ सय ९१ मतदान केन्द्रको ९० मतदान स्थल अनुसार गणना हुने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए । १ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा गणना हुने
मुख्य निर्वाचन अधिकृत पौडेलको भनाई छ । मत गणना हुने स्थललमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । भने मत गणना स्थलमा तार जाली लगाई सिसि क्यामेराको निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले जानकारी दिए ।
मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् । १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेको रामेछापमा ५८ दशमलव ७२ प्रतिशतले मतदाताले मात्रै मत व्यक्त गरेका थिए । 