जिल्ला शिक्षा कार्यालय रामेछापमा १९ करोड ३७ लाख बजेट

  • प्रकाशित मिति: आइतबार, कार्तिक १२ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक १२ गते,
जिल्ला शिक्षा कार्यालय रामेछापमा आर्थिक बर्ष २०७४÷७५ का लागि १९ करोड ३७ लाख बजेट आएको छ । जसमा जिल्ला भरका सामुदायक अध्ययन केन्द्रका लागि मात्रै ४६ लाख बजेट आएको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । जिल्ला शिक्ष कार्यालयले आईतबार पत्रकार सम्मेलन गरि बार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले यो बर्ष जिल्ला शिक्षामा आएको रकम शिक्षकको तलव भक्ता, पाठ्यक्रम छात्रवृद्धि बहायकको रहेको बताए ।
उनले शिक्षकको तलव भक्ता, पाठ्यक्रम छात्रवृद्धि भने स्थानीय तहले दिने बताए । उनले रामेछापमा ३१ वटा निमावि र १९ वटा माविमा शिक्षकको दरवन्दी नहुदा समस्या भएको बताए । उनले ती विद्यालयहरुमा तल्लो लेवलका शिक्षकहरुले काम चलाईरहेको समेत बताए । उनले जिल्लामा संचालित सामुदायिक अध्ययन केन्द्रहरु धेरै राम्रोसंग संचालन भएको भएपनि केहि भने प्रभावकारी हुननसकेको बताए । त्यस्ता सामुदायिक अध्ययन केन्द्रहरुलाई पनि प्रभावकारी बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले प्रयास गरिरहेको उनको भनाई छ ।