रामेछाप । भदौ १८ गते,कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ गेलुमा रहेको शारदा माध्यामिक विद्यालयको नवनिर्मित भवनको पनि राज्य मन्त्री श्रेष्ठले शनिबार नै उद्घाटन गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा गृह राज्यमन्त्री श्रेष्ठले उक्त भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै गृहराज्यमन्त्री श्रेष्ठले वर्तमान सरकारको समग्र ध्यान प्रदेश र संघको निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्नेमा के्िरन्द्रत रहेको बताए । श्रेष्ठले शारदा माध्यामिक विद्यालयको विकासको लागि सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । विद्यालयको १४ कोठे भवन १ करोड ६७ लाख १७ हजार ८ सय १० लागतमा निर्माण भएको हो । भूकम्पपछि भत्कीएको उक्त भवन बनाउनका लागि डब्लुएचएस, आरआरएन र फ्रान्ससेली संस्था एईले सहयोग गरेको आरआरएन रामेछापका संयोजक होमराज बिसुरालले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम नन्नदन साहले विद्यालयको आर्थिक र भौतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।