२५ हजार ऋण लिएर सुरु गरेको फर्निचरमा ४ जनालाई रोजगारी

  • प्रकाशित मिति: सोमबार, असार २६ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २६ गते ,
रामेछापको लिखु गाउँपालिका वडा नम्बर ७ तिल्पङका   कोकनाराण श्रेष्ठको अहिले आफ्नो फर्निचर कारखाना छ । ज्ञानज्योती  सामुदायीक संस्थाका अध्यक्ष समेत रहनु भएका श्रेष्ठको फर्निचर कारखानमा अहिले ४ जना मानिसहरुले दैनिक रोजारी पाइरहेका छन् । गरिबी निवारण कोषको सहयोगमा गाउँमा नै गठन भएको सामुदायीक संस्थाबाट २५ हजार रुपैयाँ ऋण लिएर सुरु गरेको उहाँको फर्निचर कारखाना अहिले निक्कै फष्टाएको छ ।
कमजोर आर्थिक अवस्था भएका श्रेष्ठले सुरुमा गाउँमानै काठको काम गर्ने गर्नु हुन्थ्यो । गाउँमा घर बनाउँदा भ्mयाल ढोका तथा घरमा प्रयोग गर्ने आवश्यक फर्निचरहरु ज्यालादारीमा बनाउने श्रेष्ठले २५ हजार ऋण लिएर आपूmसँग भएको रकम थपथाप गरेर कारखाना खोल्नु भयो । उहाँले फर्निचर व्यवसाय संचालन गरेको केहि दिन पछि गाउँमा बिजुली पुग्यो । त्यसपछि केही मेशिन समेत थपेर उहाँले व्यवसायलाई निरन्तरता दिनुभयो । अहिले व्यवसायबाट सोचे जस्तै कमाई भई रहेको छ ।
व्यवसाय राम्रो चलेपछि उहाँलाई समुहबाट लिएको पैसा फिर्ता गर्न पनि सजिलो भयो । त्यस पछि आवश्यक परेको बेला पैसा लिने र कमाए पछि फिर्ता गर्दै उहाँले व्यवसायलाई निरन्तरता दिनु भएको छ ।
उहाँको  इमान्दारिता र पेशा प्रतिको लगनशिलताकै कारण गाउँलेहरुले सामुदायीक संस्थाको अध्यक्ष समेत उहाँलाई नै बनाएका छन् । अहिले उहाँहरुको सामुदायीक संस्थामा एक जना कर्मचारी नै राखिएको छ । गाउँलेहरुले सामुदायीक संस्थाबाट घुम्ति कोषको रकम लिएर विभिन्न पेसा व्यवसाय गर्दै आएका छन् । काम गर्न चाहनेलाई गाउँमा पैसाको खाँचो छैन । कत्तिले घुम्ति कोषको पैशा फिर्ता गर्नुपर्दैन भनि अटेर गर्दा केही गाह्रो परेको उहाँको अनुभव छ । तर आफै खटेर सम्झाएपछि डुब्न लागेको ४ लाख रुपैयाँ उठेको उहाँ बताउनु हुन्छ ।  अहिले सामुदायीक संस्थामा करिव ९ लाख रुपैयाँ पुँजि पुगेको छ ।
सामुदायीक संस्थाको हरेक महिनाको  ६ गते बैठक बस्छ । बैठकमा आपूmले गरेको कामको समिक्षा, सल्लाह सुझाव लिनु दिनुका साथै बचत र ब्याज संकलन गरिन्छ । अनि आवश्यक परेकाले ऋण पनि लिन्छन् । म्याद पुगेकाले ऋण बुझाउँछन् । संस्थाका सदस्यले व्यवसाय संचालन गर्न ८० हजार रुपैयाँसम्म ऋण पाउँछन् ।
कोकनारण श्रेष्ठ अहिले सफल संस्था सञ्चालकका साथै सफल उद्यमी पनि बन्नु भएको छ । ५० हजार बाट सुरु गरेको  उहाँको व्यवसाय अहिले ५ ÷६ लाखको पुगेको छ । फर्निचर व्यवसाय संचालन गरेको १३ ÷१४ बर्षको अवधिमा आफ्नो व्यक्तिगत ऋण तिरेर घर ब्यवहार चलाउँदै ३÷४ लाख रुपैयाँ बचत नै गर्नु भएको छ ।
कोकनारयण गाउँका लागि मात्रै हैन अहिले जिल्लाकै लागि प्रेरणको पात्र बन्नु भएको छ । उहाँको यो लगाबबाट हामीले पनि केही सिकौँ र उद्यमी बनौँ । अनि सामुदायीक संस्थामा रहेको घुम्ति कोषको रकमको उचित सदुपयोग गरी अधिक लाभ उठाऔँ । गरिवी निवारण कोषले कोक नारयण श्रेष्ठ अध्यक्ष रहेको ज्ञानज्योती  सामुदायीक संस्थालाई सिर्जनशिल काम गरेको भन्दै सम्मान पनि गरेको छ । संस्थाले स्थानीय स्थरमा गरिवी निवारण कोषको उद्देश्य अनुसार सिर्जनशिल काम गरेको भन्दै सिर्जशिल पुरस्कार २०७३ ले सम्मान गरेको हो ।