१४ गतेको चुनावलाई मौसमको चुनौती, भारी वर्षा हुने मौसमविदको ठहर

  • प्रकाशित मिति: मंगलबार, असार १३ २०७४
  • तामाकोसी खबर

 नेपालसँग सीमा जोडिएका बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा बुधबार भारी वर्षा हुने भारतको मौसम विभागको अनुमान

काठमाडौं । असार १३ गते,
नेपाल र भारतका मौसम विभागका पूर्वानूमान हेर्दा दोस्रो चरणको स्थानीय निर्वाचनका दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ । ती पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना देखाएका हुन् । १ नम्बर प्रदेशको तुलनामा ५ र ७ प्रदेशमा अपरान्ह केही समय वर्षा रोकिने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मतदानको तयारी गरिरहेका तीनवटै प्रदेशका मतदाताले वर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्छ । भारतको मौसम विभागले नेपालसँग सीमा जोडिएका बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा बुधबार भारी वर्षा हुने अनुमान गरेको छ ।