शर्मालाई अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिए

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २१ २०७४
  • तामाकोसी खबर

काठमाडौं,२१ जेठ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिएको छ । गत शुक्रबार पक्राउ परेका शर्मालाई अख्तियारले आइतबार बिहान विशेष अदालतमा उपस्थित गराएको थियो ।



विशेष अदालतले शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ । अदालत परिसरमा संक्षिप्त कुरा गर्दैै शर्माले आफूलाई पक्राउ गरेर अख्तियारले संसद र सरकारको अपमान गरेको आरोप समेत लगाए ।

नियम विपरित बिभिन्न फर्महरुलाई कर छुट दिने लगायतका अनियमितता गरेको आरोपमा अख्तियारले सचिव हुने रोलक्रममा रहेका शर्मालाई पक्राउ गरेको थियो । अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरेपछिसँगै शर्मा पदबाट निलम्बित भएका छन् ।