रामेछाप । चैत २६ गते,
रामेछाप जिल्लाको ठोसे श्रोत केन्द्र अन्तर्गतका दलित समुदायका विद्यार्थीहरुलाई शनिबार विद्यालय सामाग्रिहरु वितरण गरिएको छ । जिल्ला समन्वय समिति अन्तगतको जिल्ला दलित वर्ग उत्थान जिल्ला समनन्वय समिति रामेछापको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले ती सामाग्रिहरु वितरण गरेको हो ।ठोसेमा एक कार्यक्रमको आयोजना गरि सो श्रोत केन्द्र अन्तर्गतका ६ वटा विद्यालयका आधारभुत र माद्यामिक तहमा अध्यन गर्ने ३५ जना विद्यार्थीहरुलाई ती सामाग्रि उपलब्ध गराइएको हो ।
आयोजक संस्थाका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाका केन्द्रिय सदस्य भिमबहादुर नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो । हस्तान्तण गरिएका सामाग्रिमा विद्यालय ब्याग, विद्यालय पोशाक, कपि, डटपेन, जोमेट्रिक बक्स लगायतका सामाग्रिहरु रहेका छन् । दलित समुदायका विद्यार्थीहलाई अध्यनको लागि थप उत्प्रेरणा मिलोस् भनि विद्यालय सामाग्रि प्रदान गरिएको संस्थाका अध्यक्ष लेखबहादुर बिकले बताए । कार्यक्रममा केन्द्रिय सदस्य भिमबहादुर नेपाली, नेपाल पत्रकार महासंघ रामेछापका युनिक विफा घिसिङ, ठोसे माविका निमित्त प्रधानाध्यापक धनिराम खड्का लगाएतका बक्ताहरुले बोलेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका ज्वती सुवेदी, स्थानीय शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
ठोसे श्रोत केन्द्रका ६ विद्यालय पढ्ने ३५ दलित बालबालिकालाई शैक्षिक सामाग्रि वितरण
- प्रकाशित मिति: शनिबार, चैत्र २६ २०७३
- तामाकोसी खबर