काठमाडौं । चैत १९ गते,
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार आठ खेल हुँदै छन् । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे हुने खेलमा लिभरपुलले एभर्टनको सामना गर्दैछ ।
यस्तै, पौने ८ बजे बर्नले र टोटनह्याम हट्स्पर, चेल्सी र क्रिष्टल प्यालेस, हल सिटी र वेष्टहाम युनाइटेड, लेष्टर सिटी र स्टोक सिटी, म्यान्चेष्टर युनाइटेड र वेष्टब्रमविच आल्बियन तथा वार्टफर्ड र सण्डरल्याण्ड भिड्दै छन् ।प्रतियोगिता अन्तर्गत आजै राती सवा १० बजे हुने खेलमा साउथह्याम्पटनले एएफसी बोर्नमाउथसँग खेल्दै छ । जारी प्रिमियर लिगको अंक तालिकामा २८ खेलबाट ६९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलबाट ५९ अंक जोडेको टोटनहाम हट्स्पर दोस्रो तथा ५७ अंक जोडेको म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ खेल हुँदै
- प्रकाशित मिति: शनिबार, चैत्र १९ २०७३
- तामाकोसी खबर