रामेछाप । २७ गते, फाल्गुण ,
मार्च १५ अर्थात चैत्र २ गते बुधबार परेको अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । बिहिबार रामेछापका प्रमुख
जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बैठक बसी उक्त दिन विभिन्न कार्याक्रम गरि अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने निर्णय गरेको हो । जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुु सेवा कार्यालय, मन्थली नगरपालिका,नागरिक समाजका अगुवा ,पत्रकार महासंघ ,रामेछाप उद्योग बाणिज्य संघ,गैर–सरकारी संस्था महासंघ ,
गैर–सरकारी संस्था लोकतान्त्रीक महासंघ, उपभोक्ता मञ्च,जिल्ला शिक्षा कार्यालय , घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको बैठकमा आआफ्नो ठाउँबाट दिवस मनाउन सहयोग गर्ने सहमति पनि भएको छ ।
चैत्र २ गते अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसका दिन सदरमुकाम मन्थलीको देवकोटा चोकमा भेला हुने र विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नगर परिक्रमा गरि जिल्ला विकास समितिको सभाहलमा गई अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ । दिवसमा जिल्ला शिक्षा कार्यालयले १२ कक्षा भन्दा माथिका विद्यार्थीहरुलाई सभागि गराउने, रामेछाप उद्योग बाणिज्य संघले रामेछाप जिल्लाका विभिन्न ठाउँमा व्यवसाय गरेर बसेकाहरुलाई सहभागि गराउने , उपभोक्ता अधिकार दिवस संग सम्बन्धित सन्देश मुलक जिंगल रेडियो हरुवाट प्रसार गर्ने बारेमा छलफल भएको रामेछापका सहायक
प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले जानकरी दिए ।
अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस रामेछापमा पनि मनाईने
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन २७ २०७३
- तामाकोसी खबर