रामेछापमा फागुन २ गते देखि सातौं राष्ट्रपति रनिङगशिल्ड प्रतियोगिता

  • प्रकाशित मिति: बिहिबार, माघ २७ २०७३
  • तामाकोसी खबर

रामेछाप । २७,माघ ,
रामेछाप जिल्लामा फागुन २ गते देखी जिल्ला स्तरिय सातौं राष्ट्रपति रनिङगशिल्ड प्रतियोगिता आयोजना हुदै छ । जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजन गर्न लागेको प्रतियोगिता क्षेत्र नम्बर  १ को रस्नालुमा र क्षेत्र नम्बर २ को रामेछापको सदरमुकाम मन्थलीमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए । क्षेत्र नम्बर १ को रस्नालुको गोकुलगंगा माध्यामिक विद्यालयमा र क्षेत्र नम्बर २ को मन्थली माध्यमिक विद्यालय मन्थलीमा फागुन २ , ३ र ४ गते प्रतियोगिता सञ्चालन हुनेछ  । जिल्ला स्तरीय प्रतियोगिता भने  फागुन  ६ , ७ र ८ गते मन्थलीमा सञ्चान हुने छ । प्रतियोगितामा भलिबल, कबडि  , सटफुट  , ज्याबिङ थ्रो छात्र छात्रा दुवै तर्फका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै लङजम्प , हाइजम्प , त्रिपलजम्प छात्रछात्रा ,रनिङ १ सय , २ सय, ४ सय , ८ सय , १५ सय , र ३ हजार मिटर छात्रछात्राको लागि सञ्चालन हुने छ । रिले अन्तर्गत पनि छात्रछात्राको प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए । प्रतियोगीताका लागी तिव्र गतिमा तयारी भैरहेको अध्यक्ष कडरियाको भनाई छ ।