अभिषेक परियार्
माघ १ मध्यनेपाल
मध्यनेपाल नगरपालिका वडा नम्बर १२ चर्दीबजारस्थित् न्यू भिजन युथ् क्लवको शनिबार उद्घाटन गरिएको छ । तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डेले शनिबार पानसमा बत्ती बालेर क्लवको विधिवत् रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै अध्यक्ष पाण्डेले देश बनाउने अभिभारा युवाको भएकोले सबै युवा एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले तरुणहरु विकृतीविसंगीतको सिकार हुन नहुने भन्दै समाजलाई विकासको गतिमा अघि बढाउन युवाहरु नै सक्षम भएको दावी गर्नुभयो । कार्यक्रममा अध्यक्ष पाण्डेले व्यक्तिगत रुपमा सहयोग स्वरुप दुईवटा भलिबल र एक थान जाली क्लवका अध्यक्ष लक्ष्मण बसौलालाई हस्तान्तरण गर्नुभएको छ ।
८० जना भन्दा बढी युवाहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रम निकै उत्साहजनक भएको न्यू भिजन क्लवका अध्यक्ष बसौलाले बताउनुभयो । सामाजिक कार्यमा युवालाई प्रेरित गर्न, अनुशासनलाई आत्मसाथ गर्दै खेलकुदमा अघि बढाउने जस्ता लक्ष्यका साथ क्लवको निमाएण गरिएको अध्यक्ष बसौलाको भनाइ छ । उहाँकाअनुसार ११ जनाको कार्यसमिति रहेको उक्त क्लवले प्रत्येक महिनाको अन्तिम शनिबार गाउँटोल सरसफाइ कार्यक्रम समेत सञ्चालन गर्ने निर्याय गरेको छ । क्लवको उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिवमा सन्तोष बगाले, कोषाध्यक्षमा विष्णुमाया न्यौपाने रहनुभएको छ भने सदस्यहरुमा राजेन्द्र साँखी, अन्जना श्रेष्ठ, सुरज श्रेष्ठ, अन्जना अधिकारी लगायत रहेका छन् ।
मध्यनेपालको चर्दीबजारमा भएको कार्यक्रममा क्लवका संस्थापक सल्लाहाकार उमानाथ गौतम, सल्लाहाकार समिति सदस्य हरिकुमार श्रेष्ठ, समाजसेवी रामनाथ बगाले लगायतका युवाहरुको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष लक्ष्मण बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य दीपेन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लवका सचिव सन्तोष बगालेले गर्नुभएको थियो ।