नागरिकपत्र संबाददाता
बेसीशहर, पौष २० गते ।
लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालन भएको २५ औं त्रिबेणीकप खुल्ला राष्ट्रब्यापी फुटवल प्रतियोगिताको उपाधी सामाना यूवा क्लब तुरतुरे तनहुँले जितेको छ ।
घरेलु मैदानमा खेलेका आयोजक त्रिबेणी यूवा क्लब रातोलाई २–० गोल अन्तरले पराजित गर्दै सामानाले जित हात पारेको हो ।
सामानाको जितमा खेलाडी सन्तबहादुर गुरुङ एक्लैले २ गोलको योगदान गरे । खेल शुरु भएको १० मिनमै सन्तबहादुरले एक्लै अगाडि बढाएको बलले जाली चुमेको थियो । गोलगरेपछि पनि दबाबमा राखेको सामानाका सन्तबहादुरले फेरी २७ मिनेटमै अर्को गोल थपेका थिए ।
मध्यान्तरमै दुईगोल खाएपछि आक्रामक बनेका त्रिबेणी रातोका खेलाडीहरुले गरेको लगातारको प्रयासलाई सामाना क्लबका गोलरक्षकले पटक पटक रोक्न सफल भएका थिए ।

खेलको बिजेता सामाना यूवा क्लब तुरतुर तनहुँले नगद ३ लाख र ट्रफी हात पारेको छ । बिजेता टिमलाई लमजुङ क्षेत्र नं. १ सांसद जमिन्द्रमान घले, नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, त्रिबेणी यूवा क्ल्बका अध्यक्ष छबिन्द्रजंग गुरुङ लागयतले पुरस्कार प्रदान गरे । दोस्रो त्रिबेणी यूवा क्लब रातोले १ लाख ५० हजार नगद र मेडल हात पा¥यो । त्यस्तै सेमिफाईनलका उपबिजेता बेसीशहर युथ सोसाईटीका दुई टिम ‘रातो’ र हरीयोले ५०÷५० हजार प्राप्त गरे ।
त्यस्तै प्रतियोगितामा ४ जना सर्बाधिक गोलकर्तालाई जनही ४÷४ हजार प्रदान गरीएको छ । सर्बाधिक गोलकर्तामा त्रिबेणी यूवा क्ल्बका बसन्त गुरुङ र नितेश मल्ल एबं सामाना यूवा क्ल्बका सन्तबहादुर गुरुङ र भक्त आलेमगर बने ।त्यस्तै उत्कृष्ट खेलाडीमा त्रिबेणी यूवा क्ल्बका सरोज ठकुरी चयन भएका थिए ।
गत पौष १२ गतेबाट शुरु भएको सो प्रतियोगितामा १८ टिम सहभागि बनेका थिए ।
‘मानन्धरले त्यागे खेलजिवन’
पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् छ । त्रिवेणी कप खेलाउनका लागी बेसीशहर आउनुभएका मानन्धरले बुधबार एक विज्ञप्ती जारी गरी खेलबाट सन्यास लिएको बताएका हुन् ।
आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सवै भन्दा धेरै खेल त्रिवेणी कप खेलाएको भन्दै यहि २५ औ त्रिवेणी कप प्रतियोगिताबाट औपचारिक सन्यास लिएको बताए ।
२०४६ सालबाट काठमाण्डौस्थित ब्वाईज स्पोट्र्स क्लव मार्फत एक डिभिजन खेलको शुरुवात गरेका मानन्धरले मनाङ मस्र्याङ्दी, एनआरटी लगायतका क्लवबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि भएका थिए । उनले २०५९ मै व्यवसायिक खेलाडी जिवनबाट सन्यास लिएका थिए ।
त्यसपछि रेफ्रि बन्नुभएका मानान्धरले हालसम्म ४७ प्रतियोगिता मार्फत ९७ खेल खेलाएको विज्ञप्तीमा जानएका छन् । उनले नेपाल कप ५, सहित स्मारक ए डिभिजन ३ पटक, वि डिभिजन ३ पटक, सि डिभिजन ३ पटक र नकआउट मात्रै ४ पटक खेलाएको विज्ञप्तीमा जनाएका छन् ।
अव नयाँ पुस्तालाई स्थान दिनको निम्ती अाँफुले खेल जिवनबाटै सन्यास लिएको विज्ञप्तीमा उल्लेख छ ।