एमाले रामेछापको प्रतिनिधिको छनोट: संस्थापन पक्ष बलियो

  • प्रकाशित मिति: सोमबार, मंसिर १५ २०८२
  • तामाकोशी

रामेछाप । पटक पटकको प्रयासपछि आइतबार जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई नेतृत्वको ४ सदस्यीय समितिले १२ जना प्रतिनिधिको नाम टुङ्ग्याएको थियो ।

कार्यदलले जिल्लामा पूर्व जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल, आनन्द श्रेष्ठ, वर्तमान अध्यक्ष पुरुषोत्तम कडरिया, ईन्द्रबहादुर तमाङ, टंकप्रसाद चौलागाई, ज्ञानकुमार योञ्जनलाई छनोट गरेको थियो । महिलाबाट गंगा देवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी र सीताकुमारी खत्री छनोट भए । युवा तर्फ बलबहादुर माझी र उत्पीडितबाट सिताराम लोहारलाई महाधिवेशन प्रतिनिधिको रुपमा सर्वसम्मत चयन गरिएको थियो ।



छनोट भएका मध्य पूर्व जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र मखमली श्रेष्ठ मात्र पोखरेल पक्षमा खुलेका छन् । यद्यपि पौडेलले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने तर्क गर्दै आएका छन् ।

जेनजी आन्दोलन भन्दा अघि विद्या भण्डारी पक्षमा देखिएका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, टंकप्रसाद चौलागाई र गंगा देवी कार्की प्रतिनिधि बन्ने बेलासम्म ओली क्याम्पमा पुगेको स्रोतले जनाएको छ । कडरिया बिशेषगरी केन्द्रमा विष्णु पौडेलको लाइनमा भएकोले पौडेल जता हुन्छन्  त्यतै हुने गरेका छन् ।