यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

  • प्रकाशित मिति: शनिबार, कार्तिक २२ २०८३
  • तामाकोशी

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष कार्तिक कृष्ण त्रयोदशी तिथि दुई दिन परेकाले यमदीपदान भने शुक्रबार साँझदेखि नै सुरु भएको हो।
कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने परम्परा छ। यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा सम्मानपूर्वक पूजा गरी खानेकुरा दिने चलन छ।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ। आजै धन्वन्तरी जयन्तीसमेत मनाइँदैछ। काग तिहारसँगै सुरु भएको यमपञ्चक पाँच दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइन्छ।