धनतेरस पर्व आज; सुनचाँदी र नयाँ सामग्री किन्ने परम्परा

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २१ २०८३
  • तामाकोशी

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत यमपञ्चकको पहिलो दिन आज शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा धनकी देवी लक्ष्मी, धनका अधिपति कुबेर तथा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको पूजाआराधना गर्ने धार्मिक परम्परा छ।
पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलशसहित भगवान् धन्वन्तरि प्रकट भएको दिनको सम्झनामा धनतेरस मनाउने गरिन्छ। यस दिनलाई आरोग्य, दीर्घायु, सुख र समृद्धिको प्रतीकका रूपमा लिइन्छ।
धनतेरसका अवसरमा नयाँ भाँडाकुँडा, सुनचाँदीका गरगहना, सिक्का तथा अन्य धातुका सामग्री खरिद गरी घरमा भित्र्याउने चलन छ। यसो गर्दा वर्षभरि धनधान्य, सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।