रामेछापमा राष्ट्रिय युवासंघको वृक्षारोपण कार्यक्रम

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०८२
  • तामाकोशी

रामेछाप- राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापको आयोजनामा शुक्रबार मन्थली नगरपालिका–५, सुनारपानीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमले वातावरण संरक्षण र हरित विकासप्रति युवाको प्रतिबद्धता झल्काउने उद्देश्य राखेको आयोजकले जनाएको छ। सहभागीहरुले वृक्षारोपण केवल एकदिने अभियान नभई दीर्घकालीन हरियाली र भविष्यको सुरक्षासँग जोडिएको पहल भएको बताउँदै यस्ता गतिविधि निरन्तर गरिनुपर्नेमा जोड दिएका थिए।



कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, राष्ट्रिय युवासंघ जिल्ला इन्चार्ज गणेश बज्र लामा, जिल्ला संयोजक शिव सागर मगर, मन्थली नगरपालिका–५ का वडाअध्यक्ष नवीन कार्की, नगरपालिका–२ का वडाअध्यक्ष तथा केन्द्रीय सदस्य सुरेन्द्र कार्की, लेखा आयोग उपप्रमुख अमित कार्की, युवा विज्ञ परिषद् उपप्रमुख अरुण खड्का लगायत विभिन्न जनवर्गीय संगठनमा आवद्ध नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानिय बासिन्दा र सहभागीहरूले सयौं बिरुवा रोपेर त्यस क्षेत्रलाई हरित र स्वच्छ बनाउने संकल्प लिएका छन्।