रामेछापमा सुमो दुर्घटना हुँदा ३ जना घाइते

  • प्रकाशित मिति: शनिबार, बैशाख २० २०८२
  • तामाकोशी

रामेछाप । रामेछापमा सुमो दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । शनिवार दिउँसो रामेछाप नगरपालिका–४ धारापानी स्थित एक घरबाट मुख्य सडकमा निकाल्ने क्रममा ना १ ज ६९८८ सुमो चिप्लिएर दुर्घटनामा परेको सोही वडाका वडा अध्यक्ष कृपा थापा मगरले बताउनुभयो ।

दुर्घटनामा परि घाइते भएका दुई जनाको अवस्था सामान्य रहे पनि एक जनालाई भने गम्भीर चोट लागेको वडा अध्यक्ष थापाले बताउनुभयो । वडा अध्यक्ष थापाका अनुसार अहिले घाइतेहरूको नजिकै रहेको सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाकी नै छ ।